सोमबार, मंसिर ३०, २०७६
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

newsdesk by newsdesk
November 7, 2019
in विशेष, शिक्षा / स्वास्थ्य
142 1
0
458
SHARES
895
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा : कार्तिक २१, चिकित्सा क्षेत्र सुधारसहितका सात बुँदे माग राख्दै डडेल्धुरामा अनशसरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगतमा आफूसँग भएका सम्झौता पालनामा सरकार इमान्दार नदेखिएको भन्दै त्यसको पालना हुनुपर्नेलगायतका मागमा उनको अनशन केन्द्रित रहेको छ । चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नुपर्नेमा सरकार उल्टै त्यसको पक्षपोषणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्रौँ सत्याग्रह थालेका हुन् ।

चिकित्सा शिक्षा आम मानिसको पहुँचमा पुग्न नसकेको र कलेज संचालकले विद्यार्थीहरुबाट तोकिएकोभन्दा बढी शुल्क असुल्दा पनि सरकार मुकदर्शक बनेर बसेको भन्दै दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको माग राखेका छन् । विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड निर्धारण कार्यदलका सुझाव कानुनमा समेटी कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन जारी गर्दा सरकारसँग भएको सहमति कार्यान्वयन गरी विद्यार्थी र जनतामुखी ऐन संशोधन गर्नुपर्नेमा उनको जोड छ । चिकित्सा शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न डडेलधुरा, उदयपुर, इलाम, पाँचथर, प्रदेश २ र ४ मा सरकारी मेडिकल कलेज खोल्ने प्रकृया अघि बढाउनुपर्ने पनि उनले माग राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुचित ढंगले एमडीजीपी कार्यक्रम संचालन अनुमति रोकेको केसीको भनाइ छ ।

कर्णालीमा पूर्वाधार र जनशक्ति दिएर एमबीबीएस संचालन गर्न तथा निजी कलेजको स्वार्थअनुरुप शुल्क र सीट वृद्धि सम्बन्धी संसदीय उपसमितिको निर्णय खारेज गर्नुपर्ने उनकोे माग छ । अनशनरत केसीको मागलाई समर्थन गर्दै दैनिक सयौँ सर्वसाधरणले भेटघाट गरिरहेका छन् । उनले स्वास्थ्यमा केही समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरामा एउटा मेडिकल कलेज हुनुपर्ने माग स्थापित गराउनकै लागि अनशनस्थलका रुपमा डडेल्धुरालाई रोजेको उनको भनाइ छ ।

Previous Post

देश बचाउन तिम्रो मिसायलसँग जुधेर मर्न तयार : DB सर्वश्रेष्ठ

Next Post

जंगी अड्डामा लिपुलेकका बिषयमा गहन छलफल

Next Post

जंगी अड्डामा लिपुलेकका बिषयमा गहन छलफल

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

October 8, 2019

टेलिकमको कार्यालयमा दिउँसै तास खेलिरहेका ७ कर्मचारी पक्राउ

October 25, 2019

गौरमा २८ जनाको नरसंहार मच्चाउने यादवलाई कानुनी दायरामा ल्याउन चौतर्फि दबाब

October 30, 2019

घट्टेकुलोमा बम विस्फोटमा विप्लव नेकपाका विद्यार्थी नेता शाहीको मृत्यु

May 29, 2019

प्रचण्डको राजनीतिक प्रतिवेदन : पार्टीमा अन्योल र गुटबन्दी मौलायो

December 15, 2019

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १२ को मृत्यु, जना १८ घाईते

December 15, 2019
file photo

सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु, थुप्रै यात्रु घाइते

December 15, 2019

महिला हत्याको आरोपमा तीन जना पक्राउ

December 15, 2019


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: [email protected]
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: [email protected]

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In