सोमबार, मंसिर ३०, २०७६
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

newsdesk by newsdesk
October 8, 2019
in विशेष, समाज
5.5k 55
0
19.2k
SHARES
34.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : असोज १९, तत्कालिन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यहार गरेको कारणले पदीय दायित्वबाट राजिनामा दिनुका साथै पक्राउ परेसँगै तातिएको राजनीतिक बजारमा फेरी अर्को यौन काण्डले चर्चा पाएको छ । पछिल्लो यौनकाण्डमा नेकपाका नेता देवेन्द्र पौडेलका सल्लाहकार पनि मुछिन पुगेका छन् । अबको मन्त्रीमण्डल पुर्नगठनमा मन्त्री बन्छु भन्दै हिडेका बाग्लुङबाट निर्वाचित सांसद समेत रहेको पौडेलका सल्लाहकारका विषयमा अहिले यौनकाण्डमा मुछिएको कुरा बाहिर आएको छ ।

नेकपा प्रवक्त भन्दा एक कदम अगाडी बढेर सार्वजनिक अभिव्यक्ति दिइरहेका पौडेलका सल्लाहकारमाथि तत्कालिन माओवादी कार्यकर्ता समेत रहेकी एक युवतीले यस विषयमा खुलासा गरेकी छन् । यसपछि नेकपा भित्र हलचल पैदा भएको छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक संघर्षशील नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा नेता पौडेलले महिलाहरुमाथि गरेको दुव्र्यहारको भण्डाफोर गरेकी छन् ।

रिजालले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन । उक्त पुस्तकमा पौडेलका सल्लाहकारको यौन चरित्रमाथि प्रश्न उठाउँदै आफूमाथि पनि दुव्र्यहार गरेको बताउदै उनले लेखेकी छन् –‘‘ म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे ।

मैले कहिले फोन नउठाउने, कहिले स्विच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो । उनले मेरो श्रीमान्को परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए ।

उनी मसँग यौन तृष्णा मेटाउन चाहन्थे रे । सेक्स पार्टनर बन्न चाहन्थे रे । जुन कुरा उनकै मुखले सात वर्षको लामो समयपछि बताए । अनि मैले तपाईं एकनिष्ठ मार्क्सवादी विवाहपद्धतिमा विश्वास गर्ने मान्छे यत्रो आँट कसरी आयो रु भनेर प्रश्न गर्दा छोरामान्छेले पहल त गरिहाल्छ नि । महिला पो तर्कनुपर्छ भनेर उल्टो उपदेश दिए । लाज मान्नु कताकता अझ ठूलाठूला कुरा पो गर्न थाले । त्यसपछि मैले उनलाई हजुर त मेरो मामासँगै पढेको साथी पनि हो । हजुरको र मेरो न त उमेर मिल्छ न त भावना मिल्छ, बरु हजुरको छोरासँग बिहे गर्छ बुहारी बनाउने० आँट गर्नुस् । म भन्दा दुईचार वर्ष मात्र सानो त छ नि तपाईंको छोरा भन्ने जबाफ फर्काएर आजसम्म सम्पर्कहीन बनें। (महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ)

Previous Post

विनोद भण्डारीको विष्फोटक अर्धशतक, नेपाल ४ विकेटले विजयी

Next Post

महराको स्वाथ्यमा गडबडी, उच्च रक्तचापसँगै श्वास-प्रश्वासमा समस्या

Next Post

महराको स्वाथ्यमा गडबडी, उच्च रक्तचापसँगै श्वास-प्रश्वासमा समस्या

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

October 8, 2019

टेलिकमको कार्यालयमा दिउँसै तास खेलिरहेका ७ कर्मचारी पक्राउ

October 25, 2019

गौरमा २८ जनाको नरसंहार मच्चाउने यादवलाई कानुनी दायरामा ल्याउन चौतर्फि दबाब

October 30, 2019

घट्टेकुलोमा बम विस्फोटमा विप्लव नेकपाका विद्यार्थी नेता शाहीको मृत्यु

May 29, 2019

प्रचण्डको राजनीतिक प्रतिवेदन : पार्टीमा अन्योल र गुटबन्दी मौलायो

December 15, 2019

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १२ को मृत्यु, जना १८ घाईते

December 15, 2019
file photo

सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु, थुप्रै यात्रु घाइते

December 15, 2019

महिला हत्याको आरोपमा तीन जना पक्राउ

December 15, 2019


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: [email protected]
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: [email protected]

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In