दाङ : कार्तिक ११, दाङको लमहीबाट ६ लाख ७८ हजार नगदसहित ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान अन्दाजी १ बजेको समयमा उनीहरुलाई नगद ६ लाख ७८ हजारसहित प्रहरीले नियन्त्रणमा लिएको हो । दाङको लमही बजार बस्ने बर्ष ४८ का रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ सहित ८ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुका साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान ३२ समेत बरामद गरेको छ।
प्रतिकृया दिनुहोस्