Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

सरकारको सैन्य कुटनीति, एकातर्फ वार्ताको हल्ला अर्कातर्फ फेक इन्काउण्टर : विप्लव

newsdesk by newsdesk
November 17, 2019
in अन्तरवार्ता, राजनीति
1.7k 3
0
1.5k
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

भदौ १५, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा सक्रिय राजतन्त्रको सम्भावना अन्त्य भएको बताएका छन् । नेकपा निकटको टेलिभिजन समाचार संस्था इरातोखबरलाई अन्तर्वार्ता दिँदै विप्लवले नेपालमा अब पुजीवादी गणतन्त्रको सट्टामा वैज्ञानिक समाजवादी गणतन्त्र आवश्यक भएको बताएका छन् । नेपालमा राणा शासन, पञ्चायती राजतन्त्र, बहुदलीय व्यवस्था लगायतका व्यवस्थामा जनता सन्तुष्ट नभएर यहाँसम्म आइपुगेको अवस्थामा अहिलेको व्यवस्थाले पनि त्यो पुरा नगरेको अवस्थामा हिजो असफल भएको व्यवस्था विकल्प हुन नसक्ने बताए ।

“संसदीय व्यवस्थाको विकल्प स्वतः वैज्ञानिक समाजवाद हो भन्ने स्पष्ट भएको छ ।” विप्लवले भने, राजतन्त्रको कुरा गर्दा सक्रिय राजतन्त्रको या राज्यसत्ता कब्जा गरेको सक्रिय राजतन्त्रको कुरा आउने भएकोले विश्वको राजनीतिक सभ्यतामा यो असफल भइसकेको र विश्व नै धेरै अघि बढिसकेकोले त्यो सम्भव छैन । हरेक नागरिकसँग छलफल र बहस भने हुनसक्ने उनको भनाई छ ।
वार्ताबारे सरकारमा दुई प्रवृत्ति

सरकारले विप्लवहरु वार्तामा आउन चाहेको छैन भन्ने भनाईको खण्डन गर्दै विप्लवले आफूहरुले इमान्दारितासाथ वार्तामा बस्न खोजेपनि सरकारले नै त्यो नचाहेको बताए । वार्ताका विषयमा सरकारभित्रै दुई खाले प्रवृत्ति त छैन भन्ने शंका लागेको बताउँदै उनले सरकारले वार्ता चाहने तर कसै अरुले वार्ता नचाहेर भाँडन खोजेको या सरकारले नै वार्ता नचाहेको त हैन भन्ने दुई फरक प्रवृत्ति देखिएको उनको भनाई थियो ।

“हामीले वार्ताको कुरा गरेका होइनौ, हामीले क्रान्तिको कुरा गरेका हौं, जनतालाई जुन धोका भयो त्यो धोकाको समाधान भनेको यो दलाल पूँजिवादी राज्यसत्ताको विरुद्दमा विद्रोह हो, एकीकृत जनक्रान्ति हो भनेर आन्दोलन गरेका हौं ।” उनले भनेका छन, “तर दलाल, राष्टघाती, भष्टाचारी र मानव तस्करलाई कार्वाही गर्दा राज्य अत्तालिएर हामीविरुद्ध दमन गर्यो । उसैले वार्ता गर्छौ पनि भन्यो । राज्यले इमान्दारितापूर्वक जनताका मुद्दामा केन्द्रीत भएर छलफल चाहेको हो भने हामी निरपेक्ष बिरोधी होइनौ भन्ने सोच्यौ । त्यो देश, जनताका पक्षमा हुनुपर्छ भन्ने छलफल चलायौ । बिभिन्न अनौपचारिक छलफल पनि भए ।”

अन्तर्वार्तामा विप्लवले अगाडि भनेका छन, पछिल्लो दिनमा कार्यकर्ता मारिएपछि भने सरकारले कुटनीतिक सैन्य रणनीति अपनाउन खोजेको देखियो । जनतालाई भ्रमित पार्न वार्ताको कुरा गर्ने, भित्र चाहिँ दमन गर्ने रणनीति देखियो । एकातिर वार्ताको कुरा पनि गर्यो, अर्कोतर्फ व्यवहार हाम्रा जिम्मेवार कमरेडहरुलाई राजनीतिक गतिविधिमा भाग लिएको बेला समात्ने र जेलमा हाल्ने काम गर्यो । पछिल्लो समयमा मुठभेडका नाममा निहत्था कार्यकर्तालाई क्रूरतापूर्वक हत्या गरेयो ।

यसले दुईवटा कुरा देखाएको छ । त्यहाँ या त दुई तीनवटा प्रवृत्ति छन् । केपी ओलीले वार्ता गर्न चाहेको होला तर अरुले असफल पार्न बिचमै सेबोटेज विध्वंस मच्चाएका छन । या फेरी राज्य स्वयम नै कुटनीतिक भाषामा वार्ता गर्ने तर व्यवहारमा दमन गर्नेमा प्रष्ट देखिन्छ । एक घण्टा बढी लामो अन्तर्वार्तामा विप्लवले शान्तिपूर्ण संघर्ष, एनसेलमाथि कार्वाही, नेपाल र छिमेकीबीचको सम्बन्ध र एकीकृत जनक्रान्तिका बारेमा चर्चा गरेका छन् ।

Previous Post

गौ-हत्या गर्नेलाई कारबाही हुन्छ : मन्त्री राई

Next Post

एक बर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड विप्रेषण भित्रियो

Next Post

एक बर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड विप्रेषण भित्रियो

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In