Thursday, April 22, 2021

सीटीईभीटीको प्रश्नपत्र आउट गर्ने पाँच जना प्रहरी फन्दामा

काठमाडौं : सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । भैरवचोकस्थित एक फोटोकपी पसलबाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको मिश्रले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात् सबैको नाम सार्वजनिक गरिने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार