Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

एनसेलको ब्रम्हलुट, कर छली र नेताहरुदेखि न्यायधीशसम्मको सेटिङ : भिडियोसहित

newsdesk by newsdesk
November 17, 2019
in भिडियो रिपोर्टिङ्ग, विशेष
27 0
0
32
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

असोज ३, काठमाडौं : मिति २०५८ असार ७ गते नेपालमा स्पाईस नेपालको नामबाट दर्ता भएको टेलिकम कम्पनी हालको एनसेलले नेपालमा ब्रम्हलुट मच्चाएको भन्दै त्यसको चौतर्फि विरोध भईरहेको छ । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एन्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेस कर्पोरेसन अर्डिनेन्स जुन १९८४ मा एनभीसीओअन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रतिएक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर रहेको थियो । रेनल्ड होल्डिङ्सको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्यान्डको टेलियासोनेर एसिया होल्ड गथ्र्यो । त्यसको सेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा यूटीए कम्पनी र दोस्रो एसईए टेलिकम इन्भेस्टमेन्ट कम्पनी थियो ।

पटक पटक स्वामित्व परिवर्तन तर लाभकर बुझाईएन
मिति २०६७ सालमा यो कम्पनीएनसेल नेपालमा परिवर्तित भयो । त्यसको केही बर्ष पछि अर्थात् वि. स. २०७२ चैत्र महिनामा टेलियासोनाराले एनसेललाई मलेशियाली कम्पनी एक्जिएटालाई करिब एक खर्ब ४२ अर्ब रुपैयामा बिक्रि गयो । जसको टेलियासोनाराले ३५ अर्ब लाभकर बुझाएन । बरु त्यसको सट्टामा टेलियासोनाराले टेक्स अफ हेवनमा अर्को कम्पनी खडा गरेर ३५ अर्ब पचाउने प्रयत्न गर्यो । एनसेलले पनि पुँजीगत लाभकर बुझाउने आफ्नो दायित्व नभएको बतायो तर सर्वोच्च अदालतले मिति २०७३ बैशाख २९ गते एनसेललाई लाभकर बुझाउन निर्देशन दियो । लाभकर नबुझाउन एनसेलले दुई बर्षसम्म अनेकन तिकडम गर्यो । अन्तत सर्वोच्च अदालतका प्रधानन्यायधीशसहित ५ जनाको पूर्ण इजलासले मिति २०७५ माघ २३ गते एनसेललाई ७ दिनभित्र कर बुझाउन निर्देशन दियो तर एनसेल राजनीतिक दलका शीर्ष नेताहरुको घर धाउन थाल्यो ।

विप्लवको हमला र अदालतकै आदेश उल्ट्याईयो

त्यो अघि एनसेलले कर नतिरेको भन्दै पटकपटक एनसेलमाथि हमला गर्दै आएको विप्लव नेतृत्वको नेकपाले फेरी एनसेलको मुख्यालयमा हमला गर्यो । त्यसपछि एनसेललाई कर बुझाउन चौतर्फि दबाब बढ्यो । अन्तत सार्वेच्च अदालतका दुई जना न्यायधीश सपना मल्ल प्रधान र प्रकाश कुमार ढुंगानाले प्रधानन्यायधीशसहित ५ जनाले गरेको आदेशलाई उल्ट्यो । जुन आदेशले एनसेललाई करिब १९ अर्ब राजश्य छुट दियो । जसको चौतर्फि विरोध पनि भईरहेको छ ।

नेपाल टेलिकमभन्दा तीन गुणा महंगो सेवाशुल्क

नेपाल टेलिकम र एनसेलका ट्यारिफ रेटलाई अध्ययन गर्ने हो भने मोबाइल सेवा वा डाटा सेवा दुवैमा लगभग ३ गुना फरक परेको देखिन्छ । नेपाल टेलिकम टु नेपाल टेलिकम र अन्यमा प्रतिकल केवल रु. १ मात्र पर्छ । देशभित्र कुनै पनि स्थानमा यसमा रोमिङ छैन । तर एनसेलबाट एनसेनको प्रतिकल रु. १.ं९९ छ । अझ एनसेलबाट अन्यमा एकदमै फरक छ । एनसेल टु एनटीसीमा रु. २.५३ लाग्छ । यूटीएलमा रु.२.८३ लाग्छ । साथै एनसेलमा प्रत्येक जिल्ला र अञ्चलमा रोमिङ लगाइएको छ ।

थप ब्रम्हलुट !
एनटीसीबाट एनसेल वा एनसेलबाट एनटीसीमा क्रमशः १ करोड ३४ लाख ६२ हजार ९०७ र १ करोड ३४ लाख ३४ हजार ३१ जना ग्राहकहरूले कम्तीमा दिनमा ५ पटक मात्र फोन गरे भने पनि एनटीसीको ट्यारिफ रेटको तुलनामा एनसेलले २ करोड बढी कमाउँछ । त्यस्तै एनसेलले प्याकेजका नाममा झनै ब्रह्मलुट गरेको छ । उसले एकदिने, सातदिने र एकमहिने (तीसदिने) प्याकेज ल्याएको छ । एकदिने प्याकेजलाई २४ घन्टाभित्र सक्नुपर्छ । अन्यथा कोल्याप्स हुन्छ । यी प्याकेजहरूलाई वैकल्पिक प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको छ । फेसबुक भए भ्वाइस कल हुँदैन । एसएमएस भए अर्को हुँदैन । यसकारण ग्राहकको प्याकेज खरिदको पूर्ण रकम खर्च हुँदैन । त्यसले गर्दा ग्राहकको ठूलो रकम एनसेलले लुट्ने गरेको छ । डाटा चलाउँदा र प्याकेज कोल्याप्सबाट एक दिनमा १० करोडबराबरमा लुट गरेको छ । यसरी एक दिनमा २० करोडबराबरको लुटलाई यहाँका राज्य सञ्चालकले लुकाइदिएका छन् । हेर्नुस् भिडियो ।

Previous Post

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

Next Post

युवाहरु छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ : प्रधानमन्त्री

Next Post

युवाहरु छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ : प्रधानमन्त्री

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In