Thursday, April 22, 2021

ढुलमुले वामदेव गौतम, एमाले संसदीय दलको बैठकमा सहभागी हुन सुटुक्क बालुवाटार

काठमाडौं । एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन् । गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिए । गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार