Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

चाप्लुसी गर्न सी विचारधाराको बहसको नाटक (हेर्नुस्, भिडियो)

newsdesk by newsdesk
October 1, 2019
in अन्तर्राष्ट्रिय, भिडियो रिपोर्टिङ्ग, राजनीति, विशेष
178 2
0
635
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : असोज १०, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको बीचमा असोज ६ गते काठमाडौंको पाँच तारे याक एण्ड यति होटलमा सी विचारधारा’ बारेको छलफल र बहस भएपछि त्यो विषयले नेपालको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सी विचारधाराको विषयमा छलफल हुनुलाई कतिपय जानकारहरुले आशंकाका दृष्टिले हेरेका छन् भने कतिपयले त्यसलाई साकारात्मक भएको प्रतिक्रिया दिईरहेका छन् । माओ त्सेतुङको नेतृत्वमा सम्पन्न जनवादी क्रान्तिमार्फत कम्युनिस्ट सत्ता स्थापना भएको ७० औं वर्ष मनाउँदै गर्दा चीनले सी जिनपिङ विचारधाराको प्रचारप्रसार गर्न खोजिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख मन्त्री सोङ ताओलाई नै पठाएर दुई पार्टीबीच विचारको छलफल गरिएको छ । तर, सत्तारुढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारीले अब नेपालको असंलग्न परराष्ट्र नीति नै खल्बलिएको र सत्तारुढ नेकपा पनि चिनियाँ कम्युनिस्ट मोडलमा जाने भयो भन्ने आशंका व्यक्त भएका छन् ।

केहो सी विचारधारा ?
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेको राजनीतिक कार्यक्रम सन् २०१७ को चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेसले पारित गर्यो । जसलाई सी जिनपिङ थाउट अर्थात् विचारधारा भनियो । जसमा चौधबुँदे प्रस्ताव सामेल थियो । बिषेशगरी ‘सुधारको विस्तृत गहिराइलाई निरन्तरता दिने । सन् २०५० सम्म चिनियाँ विशेषतासहितको पूर्ण समाजवाद लागु गर्ने र समाजवादको मालिक हुने चिनियाँ जनता हुने । राष्ट्रको सुरक्षालाई मजबुत बनाउने र चिनियाँ र विश्वभरिका जनताबीच साझा भाग्यका लागि ‘शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण’ स्थापना गर्ने लगायत अन्य बुँदाहरु रहेका छन् । चीनमा अहिले सी जिनपिङलाई माओभन्दा पनि ठूलो नेताको रुपमा व्याख्या गर्न थालिएको छ । जसको ज्वलन्त उदाहरण सी विचारधारा हो ।

सत्तारुढ नेकपाले भारत, अमेरिका र चीनसँग जस्तोसुक्कै मुल्य चुकाएर भएपनि आफ्नो पार्टीको सम्बन्ध सुधार्न खोजेको छ भन्ने प्रष्ट देखिन्छ । विगतका विभिन्न उदाहरणहरु हेर्दा नेपालका राजनीतिज्ञहरुले आफ्नो पार्टीको स्वार्थ पुर्ती गर्न देशलाई घात गर्नपछि पर्दैनन् भन्ने पनि हाम्रा अगाडी छर्लङ्ग नै छ । जसको उदाहरण कोसी व्यारेज, गण्डक सम्झौता, टनकपुर सन्धी, माथिल्लो कर्णाली जलविद्य्त सम्झौता र अरुण तेस्रो जलविद्य्त आयोजना इत्यादी हुन् । त्यसकारण विगतमा पनि राष्ट्रलाई हानी हुने गरी सम्झौता गरेर आफ्नो पार्टीको सम्बन्ध विदेशी शक्ति तथा राष्ट्रहरुसँग सुधारेको कांग्रेस, अहिलेको सत्तारुढ नेकपाले माथिल्लो कर्णाली र अरुण तेस्रोमा जस्तै सम्झौता गरेर आफ्नो पार्टीको सम्बन्ध सुधार्न खोजको होकी भनेर सशंकित बनेको छ । त्यस्तै विश्वकै दोस्रो शक्ति राष्ट्रका राष्ट्रपति र विश्वकै एक नम्बर ठूलो पार्टीका महासचिव सीलाई नेपाल ल्याउन सके आफ्नो ठूलो सफलता हुने ठानेरै नेपालमा तामझामका साथ सी जिनपिङ विचारधाराको विषयमा छलफल गरिएको हो भन्दा फरक नपर्ला ।

थप भिडियोमा ।

Previous Post

पारसको बिष्फोटक शतक, नेपाल ९ विकेटले विजयी

Next Post

सहचालकले बस चलाउँदा दुर्घटना : ७ घाईते, ४ जनाको अवस्था गम्भीर

Next Post

सहचालकले बस चलाउँदा दुर्घटना : ७ घाईते, ४ जनाको अवस्था गम्भीर

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In