Tuesday, April 20, 2021

पार्टी नफुटाउने नेपाल समूहको निर्णय, पोलिटव्यूरो बैठक बोलाउन माग

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु सहभागी हुने निर्णयमा पुगेको नेपाल समूहका नेताहरु बताउँछन् ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले नेकपा एमालेभित्र बसेर पार्टीलाई पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेको बताए ।

नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ । तर पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागेको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष ओली, एमालेललाई विभाजन गरिछाड्ने दिशामा अगाडि बढेको भन्दै नेपाल समूहका एक केन्द्रीय सदस्यले नेताले भने, ‘उहाँ रोकिने बाला हुनुहुन्न । थप नेताहरुलाई स्पस्टीकरण सोध्नुका साथै कारबाही गर्न सक्नुहुन्छ ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार