Thursday, April 22, 2021

काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन

काठमाडौं : काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । फागुन १४ गते मस्तिष्कघात भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ।अस्पतालले केहीबेरमा उनको निधनबारे थप जानकारी गराउने बताएको छ । उनको निधन भएको खबरसँगै काँग्रेस नेताहरुको अस्पतालमा भिड लाग्न थालेको छ ।

शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएपनि पछि स्वास्थ्यमा पुनः समस्या देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । जोशी काँग्रेसभित्रको इमान्दार छवि भएको नेताका रुपमा चिनिन्थे ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार