Tuesday, April 20, 2021

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । आज पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर सरकारलाई दिएको समर्थन बारे निर्णय लिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निक्र्यौल गर्न दलहरुले केही समय मागेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार