Tuesday, April 20, 2021

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कार्यरत महिला अधिकृत पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार