नेपालको राजनीतिक इतिहासकै सबभन्दा शक्तिशाली दुई तिहाईको मतसहित प्रधानमन्त्री बनेका सत्तारुढ डबल नेकपाका अध्यक्ष ओलीले आफुले प्रधानमन्त्रीको पदको सपथ लिएको केही दिनपछि मिडियालाई साँची राखेर भ्रष्टाचारीको मुख नहेर्ने बाचा गरे । तर उनले सत्ताको बागडोर सम्हालेको केही समय नबित्दै उनी आफै भ्रष्टहरुले रचेको सघन भ्रष्टाचारको चक्रव्युहमा नराम्ररी डुब्न पुगे । प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका सदस्यहरु नै भ्रष्टाचारको जालोमा भ्रष्टाचारको स्रोत अख्तियार दुरपयोग अनुसन्धान आयोगसँग जोडिएको भनिएको भ्रष्टाचारको आहालमै लिप्त भए जसरी चुम्बकीय क्षेत्र भित्र रहेका फलामका टुक्राहरु चुम्बकमा उम्कनै नसक्ने गरी टासिँन्छन् । भ्रष्टाचारीको मुख नहेर्ने भन्ने प्रधानमन्त्री ओलीको बोली सत्ताको बागडोर सम्हालेको एक बर्ष नबित्दै फनक्क १८० डिग्रीमा परिवर्तन भयो जसरी महाकाली सन्धिको राष्ट्रघातलाई नाकाबन्दीका बेला रङ खोक्रो राष्ट्रवादमा फेरे ।
जसको उदाहरण वाईडबडीमा भ्रएको ५ अर्ब भ्रष्टाचारको प्रतिरक्षा, बालुवाटार ओम्नी समुहलाई ठेक्का, भ्रष्ट रक्षामन्त्री पोखरेलको प्रतिरक्षा, ७० करोड अडियो काण्डका बिषयमा मौनता र कोरोना कहरको मौका छोपी स्वाथ्य सामग्रीमा ५० करोड बढी जस्ता भ्रष्टाचारका बिषयको मौनता ईत्यादीलाई लिन सकिन्छ ।
त्यसो उनको वरिपरीको आलोचनात्मक चेतलाई भुत्ते बनाउने प्रयत्न गर्ने र खुट्टाले टेक्नु पर्छ भनेर चेत नखुलेर टाउकोले टेकिरहेका उनका कार्यकर्ताहरु भने प्रधानमन्त्री ओली भ्रष्ट छैनन् भनेर अनाआवश्यक देवत्वकरण गरिरहेका छन् । आलोचनात्मक चेत नखुलेका उनीहरु ओलीलाई अजंग क्षमता भएको, एकलबीरको संज्ञा दिईरहेका छन् । तर ओलीको दैनिकी देश विकासमा होईन भ्रष्टाचारको तारतम्य मिलाई, आफ्नो गुटका नेताहरुको आर्थिक व्यवस्थापन गरी पार्टीमा सामन्तवादी हैकम र रवाफ जमाउन लागिपरेको यथार्थलाई उनीहरुले आँखा चिम्लेर समर्थन गरिरहेका छन् ।
अब प्रश्न उठ्छ प्रधानमन्त्री ओली भ्रष्ट हुन् कि होईनन् यसको सपाट जवाफ छ ओली ईतिहासकै भ्रष्ट प्रधानमन्त्री हुन् । यो मिथ्या आरोप होईन किनभने ओली भ्रष्ट भएको यथेष्ठ प्रमाणहरु छन् । केही पर्दा हालेर छोपिएका छन् भने केही जनताका बीचमा खुलस्त भएका छन् । अब मुख्य बिषयबस्तुतर्फ लागौ । दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री ओली कसरी भ्रष्ट हुन् भन्ने बिषयमा आज मैले यो लेखमा तथ्य र प्रमाणहरुको सविस्तार गर्ने छुँ ।
भ्रष्टाचार भनेको के हो ?
भ्रष्टाचार भनेको कुनै सार्वजनिक पदीय हैसियतको मुल्य र मान्यताको विपरित गरिने व्यवाहार हो । अर्थात् भ्रष्टाचार भनेको सार्वजनिक जीवनका स्वीकृत मुल्यको बिरुद्धको आचरण हो । भ्रष्टाचारको शाब्दिक अर्थ भनेको आचार नभएको वा खस्किएको कारोबार हो । भ्रष्टाचार दुई शब्दको संयोजनबाट बनेको छ । पहिलो भ्रष्ट र दोस्रो आचार अर्थात् आचरण । नेपालमा भ्रष्टाचारलाई नियन्त्रण गर्न वा सो सम्बन्धमा छानबीन गर्न अख्तियार दुरपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । भ्रष्टाचारलाई अर्को शब्दमा अख्तियारको दुरपयोग गरिएको अवस्था पनि भन्न सकिन्छ । साधारण जनजीवनमा भ्रष्टाचारलाई आर्थिक अपराधसँग जोड्ने गरिन्छ । नेपाली समाजमा मुख्य गरी भ्रष्टाचार भनेको आर्थिक अपराधसँग जोडिए पनि अन्य पक्षका बिषयमा भने प्राज्ञिक क्षेत्रमा बहस हुने गरेको छ ।
१) आर्थिक भ्रष्टाचार
२) नैतिक वा सामाजिक भ्रष्टाचार
३) नीतिगत भ्रष्टाचार
भ्रष्टाचारको बिषय नेपालमा सर्वाधिक चर्चामा आउने गरेको छ । तर यसको मुल स्रोत के हो कहाँ छ किन भईरहेको छ भन्ने बिषयमा गहन रुपमा छलफल हुने गरेको छैन । प्रधानमन्त्री ओलीका मन्त्रीमण्डका सदस्यहरुको भ्रष्टाचार धेरै पकट खुलस्त भईसकेको भएपनि प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरेका छन् वा छैनन् भन्ने बिषयमा छलफल गर्नु आवश्यक छ । पहिलो कुरा भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्री ओली किन अहिले आफ्नै भ्रष्ट मन्त्रीहरुको प्रतिरक्षा गरिरहेका छन् । दोस्रो भ्रष्टाचार हटाएर र सुशासन स्थापित गरी देशको विकास गर्ने चर्को भाषण गर्ने ओली कसरी भ्रष्टाचारको संरक्षण गरिरहेका छन् । यसको जवाफ खोतल्नु आवश्यक छ ।
डबल नेकपाका अध्यक्ष ओलीले सत्ताको बागडोर सम्हालेपछि नेपालमा भ्रष्टाचार कोरोना महामारी भन्दा पनि झनै गम्भीर रुपमा स्थानीय तहदेखि केन्द्रसम्म मौलाएको छ । स्थानीयतहका जनप्रतिनिधि, प्रदेश सरकार हुँदै केन्द्र सरकारका मन्त्रीहरु पनि प्रधानमन्त्रीको संरक्षणमै भ्रष्टाचारमा लिप्त भएका छन् । ओलीको नेतृत्वमा दुई तिहाईको सरकार गठन भएपछि दर्जनौ भ्रष्टाचार र नीतिगत भ्रष्टाचार भएका छन् जसमा प्रधानमन्त्रीको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्नता रहेको प्रष्ट रुपमा देख्न सकिन्छ ।
१) ३८ क्वीण्टल सुनकाण्ड
ओलीको नेतृत्वमा दुई तिहाईको मतसहित सरकार बनेपछि घटको चर्चित घटना घट्यो त्यो थियो ३८ क्वीण्टल र ३३ किलो सुनकाण्ड । माथिल्लो तहका राजनीतिक दलका नेताहरु नै मिलेर ३८ क्वीण्टल र ३३ किलो सुनकाण्ड घटेको भन्दै ओली नेतृत्वको सरकारले सत्यतथ्य छानबिन गर्ने भन्दा पनि दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयत्न समेत गरेनन् । यो काण्ड देशको साख नराम्ररी गिराएको थियो ।
२) वाइडबडी काण्ड
ओली सरकारले महत्वका साथ प्रारम्भिक उपलब्धीको लिस्टमा राखेको वाइडबडी जहाज अन्ततः इतिहासकै एक ठूलो भ्रष्टाचारकाण्डमा परिणत भयो । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नारा दिएका प्रधानमन्त्री ओलीले यो काण्डमा मुछिएका तत्कालीन पर्यटनमन्त्री (दिवंगत) मन्त्री रविन्द्र अधिकारीलाई न त राजिनामा गराउन सके, नत पदबाट बर्खास्त नै गरे ।
संघीय संसदको सार्वजनिक लेखासमितिले तत्कालीन बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी लगायत दुई पूर्वमन्त्रीसहित नेपाल वायुसेवा निगमका निर्देशक सुगतरत्न कंसाकारलाई मूख्य दोषी करार गर्दै प्रतिवेदन दिएको थियो । तर उक्त प्रतिवेदनलाई नै बेवास्ता गर्दै सरकारले छुट्टै छानबीन समिति गठन गरेको थियो । पछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको पाथीभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि वाईडबडी काण्ड सेलाएर गएको थियो ।
३) पप्पु काण्ड
गौर जिल्लास्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधिन पुलको पिल्लरमा ठोक्किएर केही बर्ष अभि भदौमा एउटा डुँगा दुर्घटना भयो । उक्त दुर्घटनामा ५ जनाले ज्यान गुमाए । त्यो थियो म्याद गुज्रिसक्दा पनि पिलर मात्रै बनेको पप्पु कन्स्ट्रक्सनको पुल । त्यसपछि गौरमा पप्पु कन्स्ट्रक्सन विरुद्ध प्रदर्शन पनि भयो । साथै दर्जनौं ठेक्कामा पप्पुले गरेको बदमासीको पर्दाफास पनि त्यही घटनापछि भयो । संघिय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार संस्थापक रहेको उक्त कन्स्ट्रक्सनले २० वटा साना–ठूला सडक र दर्जनौं पुलको ठेक्का पनि आफ्नै पोल्टामा राखेको तथ्य पनि सार्वजनिक भयो ।
बर्दियाको भासिएको बबई पुल र प्राविधिक क्रुटीका कारण उद्घाटन नै नभएको टेकुस्थित विष्णुमतिको पुल पनि पप्पुले नै निर्माण गरेको थियो । यो विषयले संसदमा समेत प्रवेश पाएको भएपनि प्रधानमन्त्रीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा सो घटना दबाईउको थियो । पप्पु कन्स्ट्रक्सन लगायत अरु बदनाम ठेकदार कम्पनीलाई कारवाही गर्न नत प्रधानमन्त्रीले अग्रसरता देखाए नत गृहमन्त्रीले नै । उत्ता घटनामा प्रधानमन्त्रीकै संलग्नतामा नीतिगत भ्रष्टाचार भएको ठानिन्छ । त्यसकारण कुनै कारबाही बिना नै पप्पुजस्ता अरु दर्जनौ बदमास निर्माण कम्पनीहरुलाई अहिले पनि अरबौँका योजना बाँडिएका छन् ।
४) मेलाम्ची ठेकेदार काण्ड
मेलाम्चीको पानी उपत्यका आइपुग्ने अनेकौं मितिहरु हल्लामै आए हल्लामै गए । बिना मगर खानेपानी मन्त्री बनेपछि दशैं अगाडि नै मेलाम्चीको पानी काठमाडौँ उपत्यामा आइपुग्ने दाबी गरिन् । तर सुरुङमा काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी एकाएक आयोजना छाडेर भागेपछि मेलाम्चीको काकाकुल सपना फेरि स्थगित भएको थियो । मेलम्चीमा पनि नीतिगत ठूलो नीतिगत भ्रष्टाचार भएको ठानिन्छ । त्यो बिषयमा जनस्तरबाट विरोध भएपनि ओलीले रहस्यमयी मौनता साधिरहेका छन् ।
५) प्रधानमन्त्री रोजगार कार्यक्रम
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचार गर्न सरकारले ठूलो लगानी गरेपनि अन्तमा सो कार्यक्रम गाईभैसी धपाउने, बाटो सम्याउने, दिनभरी घाम ताप्ने, कार्यकर्तालाई पोस्ने र बाटोको झार उखेल्ने कार्यक्रमका रुपमा चर्चित रहेको छ । डा. बाबुराम भटराईको पालामा शुरु भएको र अरु सरकारले समेत तयारीमा खर्च गरेको उक्त कार्यक्रमलाई मौलिक कार्यक्रमजस्तो गरी प्रचार गरेको भनेर पनि सरकारको व्यापक आलोचना भएको थियो । अहिले पनि प्रधानमन्त्री रोजगारी कार्उक्रम डबल नेकपाका कार्यकर्ता पोस्ने कार्यक्रमका रुपमा परिचित छ ।
६) एनसेलको ७५ अर्ब राजश्व छुट
ओली नेतृत्वको सरकार बनेपछि एनसेललाई ७५ अर्ब कर छुट दिएपछि लोकप्रियता नाटकीय रुपमा घटेको छ । विभिन्न जालझेल गर्दै सरकारले नै एनसेललाई करिब ५२ अर्ब छुट गराएपछि सरकारको लोकप्रियताको ग्राफ निक्कै घटेको छ । विभिन्न साँठगाठ गरी राज्यलाई ठूलो क्षती हुने गरी एनसेललाई संरक्षण गरेपछि सरकारको चर्को आलोचना भएको थियो र भईरहेको छ । सिंगापुर उपचारका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका संचालकको सिंगापूरमा रहको घरमा गोप्य भेटघाट गरेको मिडियामा समाचार आएका थिए । प्रधानमन्त्री ओलीले त्यसको खण्डन समेत गर्ने आँट गरेका थिएनन् ।
७) एमसीसी
ओली नेतृत्वमा सरकार बनेपछि अमेरिकी अनुदान सहयोग (एमसीसी) कम्पेक्ट लाई घुँडा धसेर नेपालमा प्रवेश गराउने धृष्टता गरे । एमसीसी परियोजनाका बिरुद्ध देश नै आन्दोलन तथा विरोधमा होमिएको बेला पनि ओलीले जनभावनाको बिरुद्ध गएर हिन्द प्रशान्त रणनीति (सैन्य रणनीति) सैन्य गठबन्धनमा जान मरिहत्ते गरिरहेका घटनामा पनि ओलीको रहस्यात्मक सक्रियता रहेको सहजै बुझ्न सकिन्छ ।
८) यती काण्ड
ओली नेतृत्वको सरकारले नियम नै शंसोधन गरेर यती गु्रपलाई ५ अर्ब घाटामा जाने गरी नेपाल ट्रस्टको जग्गा लिजमा दिएपछि ओली सरकार विवादमा मुछिएको थियो । सरकारले यती गु्रपलाई कतै सयौ रोपनी जग्गा ८० बर्षका लागि फ्रिमा हस्तान्तरण गरेको छ भने वन्य जन्तु आरक्षको जग्गालाई पनि विभिन्न साँठगाठ गरी लिजमा दिएको भेटिएपछि ओली आफै पनि भ्रष्टाचारमा लिप्त रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
९) ७० करोडको अडियो काण्ड
ऋोलीका विश्वासपात्र तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको ‘अडियो क्लिप’ बाहिरिपछि प्रधानमन्त्री ओलीले बाँस्कोटाको प्रतिरक्षा गरे । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिरिएको थियो । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका थिए । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रले दिएका थिए । सो बिषयमा कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री ओली पनि ७० करोड भ्रष्टाचारमा मुछिएको आरोप लगाएका थिए । तर प्रधानमन्त्री ओली नत ७० करोड भ्रष्टाचारका बिषयमा बोले नत केसीको आरोपको खण्डन नै गरे ।
१०) स्वास्थ्य सामग्रीमा ५० करोड बढी भ्रष्टाचार
प्रधानमन्त्री ओलीका विश्वासपात्र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना महामारीका लागि सरकारले चीनबाट खरिद गरेको सामग्रीमा करिब ५० करोड बढी भ्रष्टाचार गरेको खुलासा भयो । तर प्रधानमन्त्री ओलीले नत त्यसको सत्यतथ्य छानबीन गरे नत भ्रष्टाचारमा मुछिएका आफ्नै मन्त्रीमण्डलका सदस्य ढकाललाई कारबाही नै गरे । बरु उनले सरकारको विरोध गर्न विरोधी तत्वले अनर्गल प्रचार गरेको आरोप लगाए ।
यी तमाम घटनाले ओली नेतृत्वको सरकार पूर्णरुपमा भ्रष्टाचारमा लिप्त भएको देखाउँछन् । प्रधानमनत्री आफै पनि भ्रष्टाचारमा नराम्ररी फसेका छन् भन्दा अतिशयोक्ति नहोला । आफैले भ्रष्टाचार गर्नुलाई मात्र भ्रष्टाचार मानिन्छ भन्ने होईन, मौनता साधेर टुलुटुलु हेर्नु पनि नैतिक वा सामाजिक भ्रष्टाचार नै हो । तर जब जब भ्रष्टाचारको बिषयमा मिडियामा कुरा उठ्छ, समाजमा कुरा उठ्छ प्रधानमन्त्री ओली आवाज उठाउनेहरुको उछितो काट्छन् । कडा शब्द बाण प्रहार गरी आवाज उठाउनेहरुलाई ठहरै पार्छन् । त्यस्तै प्रधानमन्त्री ओलीले देशको कार्यकारी पदीय हैसियतले धेरै ठाउँमा हरुतक्षेप गरेर ओम्नी समुह, यतीसमुहजस्ता व्यापारिक घरानाहरुलाई लाभ हुने गरी निर्णयहरु गराएका छन् । जसमा नीतिगत भ्रष्टाचार हुने गरेको जानकारहरु बताउँछन् । यसरी नेपालको पहिलो दुई तिहाईको सरकारले नगरेका भ्रष्टाचार ओली नेतृत्वको वर्तमान सरकारले गरेको छ ।
वि. स २००७ सालयता नभएका भ्रष्टाचार ओलीको दुई तिहाई सरकारको पालामा भएका छन् । त्यति मात्रै होईन, मोहनसमशेरको कार्यकाल यता सबभन्दा जनघाती काम पनि ओली नेतृत्वको दुई तिहाईको सरकारले गर्ने प्रयत्न गरिरहेको छ । एमसीसी जस्तो अमेरिकी सैन्य गुटमा नेपाललाई धकेन्न ओली र उनका विदेशमन्त्रीले संयुक्त पहल गरिरहेका छन् । यसरी ओली जनघाती कदम मात्रै गरिरहेका छैनन् । आफै भ्रष्टाचारको दलदलमा नराम्ररी फसेका छन् । समग्रमा ईतिहासकै दोस्रो दुई तिहाईको सरकारका प्रधानमन्त्री इतिहासकै सर्वाधिक आलोचनाका पात्र बन्न पुगेका छन् । सरल भषामा भन्नु पर्दा ओली ईतिहासकै सबभन्दा भ्रष्ट प्रधानमन्त्री बन्न पुगेका छन् । ओलीको भ्रष्टाचार मोहले देशको अधोगति र नेपालको कम्युनिस्ट आन्दोलन मात्रै होईन, स्वंयम् डबल नेकपाको पार्टी जीवनको पनि द्रुत गतिमा क्षयीकरण भइरहेको छ ।


प्रतिकृया दिनुहोस्