बिषय प्रबेश
नेपाल आज नेपालको उत्पादन सम्बन्ध अर्ध सामन्ती र नव औपनिवेसिक अवस्थामा रहेको छ, यहाँ उत्पादनका साधनहरु भूमि र श्रमका बस्तुहरु मुठीभरका पुँजीपतिका हातमा छन् । भूमिमा सामन्ती वितरण प्रणाली कायम छ र पुजीमा अति केन्द्रीकरण हाबी छ । श्रमिकको अवस्था निकै दयनीय छ यस मानेमा कि राष्ट्रिय श्रम बजारमा श्रमको मूल्य शोषणयुक्त छ भने राज्यले रोजगारी र स्वराजगारी दिन नसक्नाले नेपाली जनता कौडीको मुल्यमा विदेशमा श्रम बेच्न बाध्य भएका छन् यसको मुख्य कारक भूमिमा भएको सामन्ती वितरण सम्बन्ध हो । रजानीतिक रुपमा सामन्तवादको अन्त्य भए पनि भूस्वामित्व भने उही पुरातन सामन्त प्रकारको रहेको छ ।
आजको पुँजीवादी युगमा भूमि र मानब सम्बन्धले दास युग र सामन्ती युग जस्ता कठोर युग पार गरेको छ । भूमिमा सबै मानिसको उतिकै अधिकार हुने नैसर्गिक नियमलाई उलंघन गरेर यसको असमान र अन्याचीत वितरण गरिएको छ ।
मानव इतिहासमा दासयुग देखिआजको विकसित पुँजीवादी युगसम्म आइपुग्दा मानिसहरु भुमिहीन र सुकुमबासी बन्न बाध्य छन् । यसको मूल कारण राज्यसत्ताको शोषकारी र विभेदकारी चरित्र हो । सामन्ती युग र पुँजीवादी युगमा सत्ताले आमजनता लाई शोषण र अत्याचार गरियो की धरै मानिसलाई भूमि पुत्रबाट भूमिहीन बनाइयो र प्राण धान्नका लागि पुजीपतिका नोकर र साधन मात्र बनाइयो यसै कारण सामन्तवाद र पुँजीवाद मानव जातीका लागि उत्पीडनकारी, क्रुरर र बर्बर चरित्रका रुपमा प्रस्तुत भईरहेको छ । आज विश्वका धेरै मानिसहरु र नेपालका बहुसंख्यक जनता सामन्ती तथा पुँजीवादी भूस्वामित्वको कारण गरिब, निमुखा र भोकानांगा बन्नु परेको छ । भूमिको अन्यायोचित वितरणलाई बदलेर न्यायोचित वितरण गर्न पुँजीवादले चाहेको छैन । किनभने पुजीवादले आफ्नो प्राण यही असमान प्रकारको भूमि र पुँजी सम्बन्धबाट धानेको छ । पुँजीवादले श्रमजीवी तथा श्रमिकहरुलाई जोतनी गोरुलाईभन्दा तले स्तरको व्यवाहार गर्दछ । जसरी मेसिनलाई कम भन्दा कम खर्चमा चलाएर अधिक मुनाफा कमाउने उदेश्य राखेको हुन्छ त्यसरी नै पुँजीवादले श्रमजीवीहरुलाई पनि नाफा कमाउने साधनका रुपमा व्यवाहार गर्ने गर्दछ ।
उसको यो उदेश्य पूरा गर्नका लागि बहुसंख्यक मान्छेलाई भूमिबाट कटाएर सर्वहाराबर्ग बनाउने उदेश्य राख्दछ । नेपालमा पनि विगतदेखि नै जुन खालको असमान भूमि वितरण थियो । भने अहिले पनि तथाकथित समाजवाद उन्मुख कम्युनिस्ट सरकार आएपछी झन् कुरूप तरिकाले बिकराल बन्दै गएको छ । मान्छेलाई दलाल पुजिवादले यस्तो बनाइदिएको छ की उसको बिगाहा जमिन छोडेर धूरमा आउन खुसियाली सहित दौडधुप गरिराखेका छन् । यो सत्ताको असमान भूमि सम्बन्धबाट उत्पन्न भएको नाजायज आर्थिक पाटो हो ।
भूमिलाई एक पाखे बहुमुल्य र मूल्यहीन बिकसित र पिछडिएको जस्ता अनेकौ व्यवस्था भिराएर दलाल पुँजीवादले अति केन्द्रीकरण गर्न तर्फ लागेको छ । आम मानिसले यो तत्थ तिर नजर लगाएका छैनन् । यदि बलप्रयोगबाट सत्ता बदलिन्छ भने कालान्तरमा यसले झन् धरै मानिसलाई भूमिहीन र गरिब बनाउने छ ।अबको प्रमुख चुनौती भनेको उत्पादन सम्बन्धलाई बदल्नु हो । संबिधान बदलियो तर उत्पादन सम्बन्ध बदलिन उत्पादन सम्बन्ध बदल्नका निम्ति जनताको राज्य सत्ता अनिवार्य छ । जनताको राज्यसत्ता प्राप्त गर्नका लागि क्रान्ति अनिवार्य सर्त हो । जनताको सत्ताले भूमिमा कायम सामन्तवादी वितरण प्रणाली लाई बदलेर वैज्ञानिक समाजवादी वितरण प्रणाली कायम गर्न सक्दछ । भूमिमा रहेको निजी स्वामित्को अन्त्य र राष्ट्रिय स्वामित्वको व्यवस्था नै सामन्तवादी वितरण प्रणालीको चिहान हो ।
निश्कर्ष
भूमि समस्या हल गर्नका लागि क्रान्तिकारी छलांंगको आवश्यकता छ, किनभने अहिलेको मौजुदा संबिधान २०७२ ले शब्दजालमा समाजवाद उन्मुख अर्थ व्यवस्थाको परिकल्पना गरेपनि स्वंयम् नै उदारवादी र सामन्त पुजीवादीवर्गको रक्षा कबज हो । यो संबिधान आफैमा पुँजीवादको पन्जा भित्र फसेको छ तसर्थ जनताको राज्यसत्ता जनवादमा आधारित समाजवादी संबिधान र बैज्ञानिक भूमि वितरण आजको अपरिहार्यता हो ।


प्रतिकृया दिनुहोस्