Friday, May 7, 2021

आज थप १२ सयभन्दा बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १,२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा ७ हजार ५४८ जनामा कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमणमुक्त भएको उहाँले जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार