Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

उत्तरसाम्राज्यवाद र यसका आर्थिक प्रवृत्तिहरु

newsdesk by newsdesk
November 1, 2020
in अन्तर्राष्ट्रिय, विचार / वहस, विशेष
7 0
0
9
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

बीसौँ शताब्दीको अन्त्यदेखि उत्तरसाम्राज्यवादको विकास हुन पुगेको छ । उत्तरसाम्राज्यवादले आर्थिक, राजनीतिक सम्बन्धलाई बदलेको छ । आफूअनुकूल नयाँ सम्बन्ध विकास गरेको छ । (विप्लव, जनक्रान्ति भाग-दुई)

उत्तरसाम्राज्यवाद भनेको पुँजीको त्यो अवस्था हो जहाँ मुठ्ठीभर वित्तीय कुलीनहरूले विश्वको सम्पत्ति नियन्त्रण गरेका छन् जसले आफ्नो लुटको सुनिश्चित गर्न सबैभन्दा प्रतिक्रियावादी शक्तिको संरक्षण गरेको छ । जसले विश्वको राजनीतिक, सैनिक र कानुनी नियन्त्रण आफ्नो हातमा लिएको छ । साथै लिच्चड शैलीमा जनताको शोषण गरी यसरी ढाडिएको छ जो शरीरबाट खस्ने अवस्थामा आइपुगेको छ । (धर्मेन्द बास्तोला, जनक्रान्ति अङ्क-३)

विषय प्रवेश
बीसौँ शताब्दीको पहिलो र दोस्रो दशकको मध्यअवधिमा दार्शनिक भ्लादिमिर इलिच उल्यानोभले पुँजीवाद (व्यापारिक, प्रतिस्पर्धात्मक हुँदै एकाधिकार) मा पुगेको पत्ता लगाए जसलाई उनले साम्राज्यवाद नाम दिए । पुँजीवादको सङ्कटग्रस्त वा मेरी बोन्ड स्टेज अफ क्यापिटालिज्म अर्थात् साम्राज्यवाद भनेर व्याख्या गरे । उनका समकालीन एड्बर्ड बर्नस्टिन र उनका राजनीतिक गुरु अर्थात् नेता जर्ज प्लेखानोभले साम्राज्यवादको विरोध गरे तर पुँजीवादी विचारकहरू भने लेनिनले गरेको साम्राज्यवादको व्याख्याले आतङ्कित भएर सङ्कटग्रस्त पुँजीवादलाई टिकाइराख्न नयाँनयाँ आर्थिक तथा राजनीतिक अभ्यासको खोजीमा जुटे ।

नभन्दै लेनिनले साम्राज्यवादको व्याख्या गरेको करिब डेढ दशकपछि नै साम्राज्यवाद चरम सङ्कटमा पुग्यो । राजनीतिक रूपमा हिटलर र मुसोलिनीको फासिवाद (अन्धराष्ट्रवाद) र आर्थिक रूपमा सन् १९२९ मा पुँजीवादमा भयानक महामन्दी देखापर्यो । पुँजीवादभित्र निरन्तर आइरहने आर्थिक सङ्कटको सामाधान गर्न जोन मिनार्ड किन्सको आर्थिक नीति र किन्सकै पहलमा बीसौँ शताब्दीको चौथो र पाँचौँ दशकको मध्य समयमा संयुक्त राष्ट्र सङ्घ र मुद्र कोष, विश्व बैङ्कजस्ता रूपमा सामाजिक तर सारमा साम्राज्यवादका पक्षपोषक वित्तीय निगमहरूको स्थापना गरियो ।

करनसिंह बडाल

त्यसले मात्रै साम्राज्यवादको रक्षा सम्भव थिएन । त्यसका लागि साम्राज्यवादको प्रतिरक्षा गर्नसक्ने आर्थिक नीतिको आवश्यकता हुन्थ्यो । अर्थराजनीतिक रूपमा किन्सको लोककल्याणकारी राज्य र इम्यान्युयल कान्टको तथाकथित युरो कम्युनिज्मका साथै आर्थिक नीतिका रूपमा फ्रेडरिक अगस्ट बोन हायेकको मुक्तिको विधान तथा दासताको बाटो र मिल्टन फ्रिडम्यानको पुँजीवाद र स्वतन्त्रतानामक उपन्यासहरूलाई आर्थिक मार्गनिर्देशक विचारका रूपमा ग्रहण गरी ८० देखि ९० को दशकमा पश्चिमाहरूले संस्थागत समायोजन कार्यक्रम र सन् १९९४ मा जनरल एग्रिमेन्ट अन ट्रेड एन्ड ट्यारिफ ९न्ब्त्त्० सम्झौता जस्तो अल्पकालीन र सीमित देशहरूको सहभागितामा ओरालो लाग्न थालेको साम्राज्यवादलाई नयाँ रूपमा बदले ।

उक्त सम्झौतापछि सीमित घेरामा रहेका साम्राज्यवादका पक्षपोषक बहुराष्ट्रिय निगमहरूले पुँजीको केन्द्रीकरणलाई घनीभूत पारे । सोह्रौँ शताब्दीमा व्यापारिक रूपमा ९सीमित घेरामा० रहेको पुँजीवाद करिब २ सय वर्षपछि अर्थात् उन्नाईसौँ शताब्दीमा औद्योगिक अवस्थालाई विस्तार गरेर प्रतिस्पर्धात्मक पुँजीवादको आकार ग्रहण गर्न पुगेको थियो । प्राकृतिक स्रोत र साधानको दोहनका साथै श्रमिकहरूको ढाडमा टेकेर अर्थात् श्रम शोषण गरेर २० औँ शताब्दीको एकाधिकारका लागि मार्ग बनाएको थियो जसलाई लेनिनले साम्राज्यवाद नाम दिए । २० औँ शताब्दीको एकाधिकारवादी पुँजीवाद अर्थात् साम्राज्यवाद अहिले अति केन्द्रीकरण ९निगम पुँजीवाद० को अवस्थामा आइपुगेको छ । यसलाई उत्तरसाम्राज्यवाद भनिएको छ ।

साम्राज्यवादको विकसित वा उच्च अवस्था उत्तरसाम्राज्यवाद

जब लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम् चरण भनेर व्याख्या गरे त्यो बेला युरोपमा करिब ९० भन्दा बढी कार्टेलहरू रहेका थिए । त्यसमा मट्टीतेल, खनिज, पेट्रोल र अन्य सेवा क्षेत्रका विभिन्न कार्टेलहरू सामेल रहेका थिए जसले विश्वको पुँजीमा एकाधिकार जमाएका थिए । त्यस्तै उत्पादन क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय अल्पतन्त्रको सिर्जना, अति उत्पादन र त्यसको सङ्केन्द्रीकरणले समयसमयमा आर्थिक मन्दी देखापथ्र्यो । वित्तीय सङ्कटको अर्थ औद्योगिक तथा अन्य उत्पादन बजारमा खपत नहुनु र जनताको क्रयशक्तिमा ह्रास आउनु हो । औद्योगिक संस्था र वित्तीय संस्थाहरूले सहकार्य गरी ठूलो पुँजीमा एकाधिकार जमाएकाले जनताको क्रयशक्तिमा ह्रास आउँथ्यो जसका कारण बेलाबेलामा मन्दी तथा महामन्दी देखापथ्र्यो ।

सन् १९२८ को महामन्दीपछि साम्राज्यवादी शक्तिहरूले समाजवादी आर्थिक नीतिको चोरी गरेर आफ्नो सङ्कट टारे । त्यस्तै २० औँ शताब्दीको एकाधिकार पुँजीवादले विश्वको विभाजन गरेको थियो । एसिया, युरेसिया, अफ्रिका र ल्याटिन तथा दक्षिणअमेरिकाको भूगोललाई साम्राज्यवादी देशहरूले चिराचिरामा विभक्त गरी निर्बाध व्यापार गर्न सैन्य अखडाको स्थापना गरी लुट मच्चाएका थिए । तत्कालीन डा. च्याङकाई सेक चिनियाँ राष्ट्रिपति भएको बेला पनि चीनलाई युरोपियन साम्राज्यवादीहरूले आर्थिक तथा राजनीतिक सिन्डिकेट स्थलका रूपमा विभाजन गरेका थिए । त्यस्तै २० औँ शताब्दीमा विश्वको सबभन्दा बढी भूमि बेलायतको कब्जामा थियो । त्यसपछि जर्मनी, फ्रान्स र अमेरिकाको कब्जामा रहेका थिए । उनीहरूले त्यो अवस्थामा तेस्रो विश्वमा रहेको सस्तो श्रम र कच्चा पदार्थको भरपूर उपयोग गरेर आर्थिक रूपमा लुटपाट मच्चाए । अन्तर्राष्ट्रिय कानुनी सीमाका बाबजुद साम्राज्यवादीहरूले सैन्य शक्तिको आडमा तेस्रो विश्वलाई आफ्नो उत्पादनको बजार बनाए ।

दार्शनिक तथा सर्वहारा वर्गका नेता लेनिनले साम्राज्यवादका मुख्य चरित्र पत्ता लगाएका थिए । १० अति उत्पादन २० वस्तुभन्दा पुँजीको निर्यात ३० औद्योगिक पुँजी र वित्तीय पुँजीको गठजोड ४० शक्तिराष्ट्रहरूको क्षेत्रीय विभाजन र ५० विश्व आर्थिक एकाधिकारवादी संस्थाहरूको स्थापना आदि ।

उत्तरसाम्राज्यवादका विशेषताहरू

पुँजीको अति केन्द्रीकृत स्वरूप

अहिलेको साम्राज्यवादले पुँजीको अति केन्द्रीकरण गरिरहेको छ । सीमित व्यक्तिमा विश्वको सम्पत्ति केन्द्रीकरण द्रुत गतिमा अर्थात् दिन दुगुना रात चौगुना गरी पुँजीको केन्द्रीकरण भइरहेको छ । यसले गर्दा धनी र गरिबको बीचमा ठूलो खाडल बन्दै गएको छ । सन् १९९४ मा सीमित राष्ट्रहरूले गरेको अस्थायी ग्याट सम्झौतापछि प्रत्येक दुई दिनमा एक नयाँ खर्बपतिको उत्पादन भइरहेको छ भने जनताको स्थिति झन् भयावह रूपमा नाजुक बन्दै गएको छ । २१५३ जना खर्बपतीको सम्पत्ति ४ अर्ब ६० करोड जनसङ्ख्याबराबर रहेको वल्र्ड इकोनोमिक फोरममा पेस भएको रिपोर्टमा उल्लेख थियो ।

त्यस्तै ग्याट सम्झौतापछि बहुराष्ट्रिय निगमले लुटपाट थालेको भारतमा पनि पनि पुँजीको केन्द्रीकरण निक्कै भयावह रूपमा बढिरहेको छ । अक्सफार्मको सन् २०२० को रिपोर्टअनुसार भारतका १ प्रतिशत धनाढ्यहरूको सम्पत्ति ७० प्रतिशत जनता ९९५ करोड ३ लाखको सम्पत्तिभन्दा ४ गुणा बढी रहेको छ । त्यस्तै भारतका १ प्रतिशत धनाढ्यहरूको हातमा राज्यको ४० प्रतिशत कब्जामा रहेको छ । विश्व कोरोना भाइरसले थिलथिलो बनेको छ । विश्वको अर्थतन्त्र तहसनहस भएको छ तर विश्वका धनाढ्यहरूले भने संसारलाई चकित पार्ने गरी सम्पत्तिको केन्द्रीकरण गरिरहेका छन् । अमेजनका संस्थापक अमेरिकी खर्बपति जेफ बोसेजले कोरोना महामारीको समयमा १०.२ ट्रिलियन सम्पत्ति बढाएका छन् ।

त्यस्तै भारतका १०० जना धनाढ्यहरूले सोही महामारीको समयमा ५१७.५ बिलियन डलर सम्पत्ति बढाएका छन् । मुकेश अम्बानीले मात्रै ३७.३ बिलियन डलर थुपारे जब कि हजारौँ कोरोना सङ्क्रमितहरूले भारतमा राम्रोसँग उपचार गर्न नपाएका ज्यान गुमाइरहेका छन् । पुँजीवादको हेडक्वार्टर मानिने अमेरिकामा सबभन्दा बढी सम्पत्तिको केन्द्रीकरण भइरहेको छ । सन् १९९० मा ६६ जना अमेरिकी खर्बपतिहरूको जम्मा २४० बिलियन डलर रहेको थियो । त्यो सङ्ख्या सन् २००० मा आउँदा झन्डै ५ गुणा बढी ६६ जनाबाट बढेर २९८ पुग्यो । सन् २०१० मा ४०१ र सन् २०२० मा ६१४ जना अमेरिकी धनाढ्यहरूको सम्पत्ति झन्डै बेलायतको कुल वार्षिक बजेटभन्दा बढी २.९४७ ट्रिलियन पुग्यो । जम्मा ४०० जना अमेरिकी धनाढ्यहरूको सम्पत्ति ६४ प्रतिशत अमेरिकीहरूको सम्पत्तिबराबर रहेको छ । यसले तेस्रो विश्व तथा श्रमजीवी वर्गको अवस्था अधोगतिमा गइरहेको र विश्वका धनाढ्यहरूको कब्जामा सम्पत्ति गइरहेको देखिएको छ । तसर्थ पुँजीवाद अरू कारणले होइन, अति केन्द्रीकरणले पतनको दिशा उन्मुख भइरहेको सहजै देख्न सकिन्छ । पछिल्लो साम्राज्यवाद (उत्तरसाम्राज्यवाद) को अति केन्द्रीकृत स्वरूप हो ।

डरलाग्दो कुरा त के छ भने सन् २०१९ मा खर्बपतिहरूले ९०० बिलियन डलरको केन्द्रीकरण गरेका थिए । त्यसको ठीक उल्टो ३ अर्ब ८० करोड जनाको ११ प्रतिशतले सम्पत्ति घटेको थियो । त्यस्तै अमेरिकी खर्बपति जेफ बोसेजको १ प्रतिशत सम्पत्तिबराबर इथोपियाको वार्षिक स्वास्थ्य बजेट रहेको अक्सफार्म २०१९ को रिपोर्टले देखाएको थियो । विश्वका बहुसङ्ख्यक जनताका विरुद्ध पुँजीवाद रहेको छ भन्ने तथ्यलाई पुष्टि गर्न विश्वका २२ जना धनाढ्यहरूको सम्पत्ति अफ्रिकाका कुल महिलाको सम्पत्तिबराबर रहेको अवस्थालाई हेर्दा सहजै बुझ्न सकिन्छ ।

एकीकृत स्वरूपमा विश्वव्यापी आर्थिक लुटपाट

अहिलेको साम्राज्यवादले लेनिनको पालाको भन्दा धेरै गुणहरू फेरेको छ । तर अहिलेको उत्तरसाम्राज्यवादको सारमा भने उही श्रम शोषण, प्राकृतिक स्रोत र साधानको दोहन रहेको छ । अर्थात् आफ्ना केही कमीकमजोरीलाई बाहिर देखिने गरी त्याग गरेको देखिन्छ । जस्तै विश्वको भूगोललाई काँक्रोझैँ चिरा पारेर विश्वविभाजनबाट साम्राज्यवाद पछि हटेको छ तर सारमा उही आर्थिक शोषणकारी विशेषता बोकेको बहुराष्ट्रिय निगमको स्थापना गरिएको छ जसले दलाल पुँजीवादको सहायतामा विश्वभरि गिद्दले सिनो लुछेझैँ विश्वभरिको स्रोत र साधनमाथि विभिन्न षड्यन्त्र, जालझेल गरी पुँजीको अति केन्द्रीकरण गरिरहेको छ । उत्तरसाम्राज्यवादले फरकफरक सार्वभौमिकता बोकेका भूगोल, फरकफरक सांस्कृतिक मान्यता बोकेका शक्तिहरू र प्रतिगामी शक्तिहरूलाई एकीकृत गरी बहुसङ्ख्यक श्रमजीवीहरू र विपन्न तेस्रो विश्वमा एकीकृत स्वरूपमा लुटपाट मच्चाएको छ ।

बहुराष्ट्रिय निगमलाई घनीभूत तरिकाले लुटपाटको बाटो खोल्ने ग्याट सम्झौतामा धूर्त पुँजीवादी देश अमेरिका, क्यानाडा, बेलायत, उदार अर्थनीति अपनाएका राष्ट्रहरू बेल्जियम, नेदरल्यान्ड, नर्वे र तत्कालीन समाजवादी देशहरू चीन, क्युबा, चेकोस्लोभाकिया र कट्टर धार्मिक राज्य सिसिया र आर्थिक रूपमा उदाइरहेका ब्राजिल, भारतजस्ता देशहरूले हस्ताक्षर गरेका थिए । त्यसमा धुन्धुकारी पुँजीवादी देशदेखि समाजवादी र उग्र धार्मिक कट्टरपन्थी राष्ट्रदेखि अत्यन्तै उदार २३ वटा देशहरूले हस्ताक्षर गरेका थिए । बहुराष्ट्रिय निगमलाई निर्बाध व्यापार गर्न दिनुपर्ने, करमा भारी छूट दिनुपर्ने माग राख्ने पुँजीवादी अर्थशास्त्री हायेक र फ्रिडम्यानका आर्थिक मागहरूलाई ग्याट सम्झौताले पूरा गरेर साम्राज्यवादलाई अझ सुदृढ गरेको थियो ।

उक्त सम्झौतापछि भारतमा पर्याप्त कच्चा पदार्थ र सस्तो श्रम भएकाले साम्राज्यवादीहरूले ठूलाठूला स्टिल, आइरन, अटोमोबाइललगायत उद्योगहरूमा लगानी गरे । बङ्गलादेशमा टेक्साटायल कारखाना, दक्षिणअफ्रिकामा सुन उत्खनन, खाडी तथा मध्यपूर्वमा पेट्रोलियम उद्योग र इन्डोनेसिया तथा ब्राजिलमा पनि तेल, कोइला र विभिन्न ठूलाठूला उत्खनन गर्ने उद्योगहरूको स्थापना गरियो जसबाट वित्तीय कुलीनहरू एकाएक मालामाल भए । एकातर्फ ग्याट सम्झौताले अन्तरदेशीय करमा भारी छुट दियो, अर्कातर्फ लामो दूरीमा लाग्ने समय र भारी दस्तुरमा कमी आयो भने अर्कातर्फ तेस्रो विश्वको सस्तो श्रम र कच्चा पदार्थले गर्दा अत्यन्तै कम लगानीमा अधिक उत्पादन बढ्यो । फलस्वरूप बहुराष्ट्रिय निगमहरूको पुँजी केन्द्रीकरण बुलेट ट्रेन ९रेल० को गतिमा बढ्यो । तसर्थ ग्याट सम्झौताले साम्राज्यवादको प्रतिरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

बहुराष्ट्रिय निगमहरूको ठगी तथा कर छली

उत्तरसाम्राज्यवादको अर्को विशेषता भनेको समन्वयात्मक भूमिका हो । बहुराष्ट्रिय निगमहरूले सेयरमा भागबन्डा गरेर तेस्रो विश्व तथा अविकसित देशहरूमा सस्तो श्रम र कच्चा पदार्थको उपयोग गरी वैधानिक लुटपाट मच्चाइरहेका छन् । जस्तै नेपालकै सन्दर्भमा नर्वेको टेलियासोनाराको भगिनी सञ्चार कम्पनी रेनल्स होल्डिङ र त्यसको मातहतमा मलेसियामा रहेको एक्जिएटाले नेपालमा एनसेल नामको कम्पनीमार्फत खुला रूपमा लुट मच्चाएको छ । नगन्य अवस्थामा मजदुर र एकदम न्यून प्रतिशतमा ती देशका शासकहरूलाई किनबेच गरी कानुनी मान्यताहरूलाई भुत्ते बनाइरहेका छन् । अविकसित देशमा कानुनलाई विभिन्न प्रभावमा पारी तीव्र लुटपाट मच्चाएका छन् ।

विश्वका ५,१५३ जना खर्बपतिहरूले विश्वको सम्पत्ति कब्जा गरेको मात्र होइन, उनीहरूले करिब २१ ट्रिलियन झन्डै अमेरिकाको सन् २०१८ को वार्षिक बजेटबराबरको सम्पत्ति ट्याक्स अफ हेवनमा लुकाएर राखेको बेलायती पत्रिका द गार्जियनले बताएको छ जसबाट विभिन्न राष्ट्रहरूलाई करिब ५.५ बिलियन डलरबराबर राजस्व गुमेको देखिन्छ । त्यस्तै विश्वका ३६ कर्पोरेटहरूले लुकाएको सम्पत्तिबाट विकासशील देशहरूलाई १७० बिलियन डलर घाटा भएको अक्र्सफार्मको २०२० को रिपोर्टले देखाएको छ । नेपालमा पनि सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, अदालत, केही शीर्षस्थ कर्मचारीहरूलाई प्रभावमा पारेर करिब ३५ अर्बभन्दा बढी राजस्व अझै तिरेको छैन ।

भारतका १ प्रतिशत धनाढ्यहरूको सम्पत्ति ७० प्रतिशत जनता ९९५ करोड ३ लाखको सम्पत्तिभन्दा ४ गुणा बढी रहेको छ । त्यस्तै भारतका १ प्रतिशत धनाढ्यहरूको हातमा राज्यको ४० प्रतिशत कब्जामा रहेको छ ।

निष्कर्ष

अतः अहिलेको साम्राज्यवादले लेनिनको पालाको भन्दा आफ्नो स्वरूपलाई फेरेको छ । पहिलो : हिजो वित्तीय पुँजीले औद्योगिक पुँजीसँग सहकार्य गरेर वित्तीय अल्पतन्त्र सिर्जना गर्ने गरेको थियो भने आज निगम नियन्त्रित वित्तीय पुँजीले औद्योगिक पुँजीलाई निलिसकेको छ जसले गर्दा आजको अर्थराजनीति वित्तीय कुलीनहरूको कब्जामा गएको छ । आजका उद्योगहरू वित्तीय कुलीनको कब्जामा गएका छन् । राष्ट्रको सार्वभौमिकता र जनताको स्वतन्त्रता निगम पुँजी नियन्त्रित वित्तीय सस्थाको प्रत्यक्ष प्रभावमा पुगेको छ ।

दोस्रो : उत्तरसाम्राज्यवादले अर्थात् बहुराष्ट्रिय निगमहरूले सूचनाप्रविधिको सहयोगमा पुँजीको अथाह केन्द्रीकरण गरेका छन् । उदाहरणका लागि अक्टोबर १२ को बुलुम्बर्ग बिलनिनरी इन्डेक्सअनुसार विश्वका शीर्ष २० धनाढ्यमध्ये १० जना सूचनाप्रविधि क्षेत्रका रहेका छन् । अझ शीर्ष ५ धनाढ्यमध्ये जेफ बोसेज, बिल गेट्स, एलोन आर मस्क र मार्क जुकरबर्ग ४ जना प्रविधिका रहेका छन् । यसले उत्तरसाम्राज्यवादको अवस्थालाई स्पष्ट गरेको छ । उत्पादनमा भएको सूचनाप्रविधिको प्रयोगले पुँजी केन्द्रीकरणको दायरा फराकिलो बनाएको छ ।

तेस्रो : अहिले लेनिनको पालामा जस्तो विश्व विभाजन रोकिएको छ । त्यसको ठाउँ बहुराष्ट्रिय निगमहरूले लिएका छन् । २० औँ शताब्दीमा विभाजित विश्वशक्तिहरूलाई आज निगम पुँजीले एउटै डालोमा एकत्रित गरेको छ ।

चौथो : हिजो लेनिनको पालामा केन्द्रीकृत प्रकारको उत्पादन र वितरण प्रणाली रहेको थियो भने आज बहुराष्ट्रिय निगमहरूले त्यसको ठीक उल्टो विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण गरिरहेका छन् जसले गर्दा २० औँ शताब्दीको जस्तो श्रमजीवी तथा श्रमिकहरूले आन्दोलन गर्न असम्भवजस्तै बनाएको छ ।

पाँचौँ : निगम पुँजीले फरकफरक राजनीतिक र राष्ट्र, धर्म र सांस्कृतिक मुलुकहरूलाई एक ठाउँमा एकीकृत गरेर लुटपाट मच्चाएको छ । आजको साम्राज्यवाद हिजो लेनिनको पालाको भन्दा रूपमा केही भिन्न तर सारमा घोर उत्पीडनकारी स्वरूपको रहेको छ ।

छैटौँ : निगम पुँजीले तेस्रो विश्वलाई अति परनिर्भर बनाएको छ । त्यस्तै आज औद्योगिक कर्जादेखि कृषि र निजी कर्जासम्म वित्तीय पुँजीको नियन्त्रणमा गएको छ । कृषि उत्पादनदेखि ठूलाठूला उत्पादनमा निगम पुँजीले आफ्नो पकड राखेको छ । आन्तरिक वस्तु उत्पादनदेखि वितरणसम्म र भौतिक पूर्वाधार निर्माण, व्याक्तिको कर प्रवाहदेखि राष्ट्रको कर्जा प्रवाहसम्म निगम पुँजीले नियन्त्रण गरेको छ । हुँदाहुँदै वित्तीय नीति निर्माणमा पनि निगम पुँजीले अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्न थालेको छ ।


सातौँ : आजको साम्राज्यवादले हिजो लेनिनको पालाको जस्तो फरक सार्वभौमिकता भएका भूगोल र राष्ट्रहरूमाथि प्रत्यक्ष सैन्य आक्रमण गरी व्यापार गर्ने नभई बहुराष्ट्रिय निगममार्फत गरिरहेको छ ।

आठौँ : आजको उत्तरसाम्राज्यवाद अति केन्द्रीकृत प्रकारको रहेको छ जो उच्च चरणमा पुगेर गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको छ । १ प्रतिशतका हातमा ९९ प्रतिशत मानिसहरूको बराबर सम्पत्ति रहेको छ ।

नवौँ : लेनिनले भनेझैँ राजनीतिको केन्द्रीय अभिव्यक्ति भनेको अर्थतन्त्र हो तर आज राजनीतिलाई बहुराष्ट्रिय निगमहरूले आफूअनुकुल ढालिरहेका छन् । अर्थात् राजनीति, प्रशासनलाई निगम नियन्त्रित वित्तीय कुलीनहरूले प्रभावमा पार्न थालेका छन् । उदाहरणका लागि मोदीको चुनावी विजय, ट्रम्पको विजय र केही समयअघि डबल नेकपाको अन्तरसङ्घर्षमा केपी वलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न नेपालका केही व्यापारीहरूले खेलेको भन्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले दिएको अभिव्यक्तिले पनि बहुराष्ट्रिय निगम र केही धनाढ्यहरूले राजनीतिलाई निर्देशित गर्न थालेका छन् ।

दसौँ : उत्तरसाम्राज्यवादले दलाल पुँजीको संरक्षण गरी राष्ट्रिय पुँजीपतिलाई टाट पल्टाइरहेको छ । आन्तरिक उत्पादनलाई निषेध गरी तेस्रो विश्वलाई बाह्य उत्पादनको खपत गर्ने खुला र फराकिलो बजार बनाएको छ ।

अतः उत्तरसाम्राज्यवाद (निगम पुँजी) ले सबै प्रकारका प्रतिगामी राजनीतिक शक्ति, धार्मिक कट्टरपन्थी, अन्धराष्टवाद, संशोधनवाद, नवउदारवाद, सामन्तवाद, घरेलु तथा विदेशी प्रतिक्रियावाद, उग्र दक्षिणपन्थ, साम्प्रदायिकता र पृथकतावासँग साँठगाँठ गरी सर्वहारा तथा श्रमजीवीमाथि नयाँनयाँ स्वरूपमा उत्पीडन थोपरेको छ । तसर्थ आजको साम्राज्यवाद हिजो लेनिनको पालाको भन्दा रूपमा केही भिन्न तर सारमा घोर उत्पीडनकारी स्वरूपको रहेको छ । विश्वका सबै कम्युनिस्ट, सामाजवादी र अन्य प्रगतिशील शक्तिहरूले उत्तरसाम्राज्यवादको चिहान खन्न एकताबद्ध हुन आवश्यक छ । उत्तरसाम्राज्यवादको चिहान बनाउनु भनेकै सर्वहारा तथा श्रमजीवी वर्गको एक मात्र मुक्तिको बाटो हुनेछ ।

Previous Post

ओलीलाई भेट्न १२ दिनपछि बालुवाटार पुगे प्रचण्ड

Next Post

प्रचण्डले प्रधानमन्त्री पद मागे, ओलीले अलग पार्टी बनाउन सल्लाह दिए

Next Post

प्रचण्डले प्रधानमन्त्री पद मागे, ओलीले अलग पार्टी बनाउन सल्लाह दिए

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In