Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

गणतन्त्र खारेजी अभियानमा प्रधानमन्त्री ओली ?

Webpal Nepal by Webpal Nepal
November 8, 2020
in विचार / वहस, विशेष
10 1
0
file photo

file photo

13
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको करिब १४/१५ बर्ष पुरानो अर्थात् बि. स. २०६२/६३ सालको संयुक्त जनआन्दोलनको बेलाको हिमालयन टेलिभिजनसँगको अन्तरवार्ताको भिडियोको क्लीप सामाजिक संजालमा भाईरल भईरहेको छ । भिडियो क्लीपमा ओली भन्छन्, यस आन्दोलनमा गणतन्त्रमा पुग्छौँ भन्ने कुरा यो बयलगाडा चढेर अमेरिका जान्छु भन्नु जस्तै हो । यो संभव छैन । यो कुरा बिल्कुल सही हो । शतप्रतिशत सही हो । जायज विश्लेषण हो । तत्कालीन एमालेको बरिष्ठ नेता रहेका बेलाको ओलीको अभिव्यक्तिले अहिले समाजिक संजाल तताएको छ । हजारौँ हजार शेयर भईरहेको छ फेसबुकमा ।

करनसिंह बडाल

कुनै समय ओलीको त्यो अभिव्यक्तिलाई हाँस्य व्यंग्यका लागि प्रयोग गरिन्थ्यो । त्यती मात्र होईन कुनै नाट्यशालामा हाँस्य कलाकारहरुले सायद बयलगाडावाला गणतन्त्र भन्दै निक्कै उडाए होलान् । दर्शक तथा स्रोताहरुले पनि ताली पड्काए होलान् सायद । तर तत्कालीन एमालेका कार्यकर्ताहरु र ओलीका अन्धभक्तहरु भने मुख लुकाउनमै व्यस्त थिए । उनीहरुले मुख लुकाएको करिब डेढ दशकपछि भने ओलीका कार्यकर्ताहरुले मात्रै होईन सबै जनताले बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने उखान टुक्का सुनेर तसिंनु पर्ने अवस्था सिर्जना भएको छ । ओलीको टुक्काले कुनै समय निक्कै ताली पाउँथ्यो । रेलगाडी चलाउने, समुद्र नभएको देशमा पानीजहाज चलाउने, घरघरमा ग्याँस चुलो पुर्याउने जस्ता ओलीका टुक्का सुनेर सबै जनता गडगड ताली बजाउँथे ।

तर आज उनै ओलीका टुक्का सुन्दा तर्सिनु पर्ने अवस्था सिर्जना भएको छ । ओली आफै सत्ताको कार्यकारी जिम्मेवारीमा रहेका बेला देशी तथा विदेशी प्रतिक्रियावादीहरुसँग साँठगाठ गरी कही कतै गणतन्त्रलाई खारेज गर्ने मनस्थितिमा पुगेका त होईनन् ? भनेर समान्य राजनीतिक चेत भएका मानिसहरु तर्सिइरहेका छन् । ओलीका पछिल्ला गतिविधिहरुले ओली अहिले पनि गणतन्त्र विरोधी भएको पुष्टि गरिरहेको छ । गणतन्त्रप्रति पूर्वाग्रही रहेका ओलीले आफु प्रधानमन्त्री बन्नकै लागि मात्र गणतन्त्र स्वीकार गरेका त होईनन् ? भन्ने ओलीका पछिल्ला गतिविधिहरुले प्रश्न गर्ने प्रयाप्त ठाउँ रहेको छ ।

घटना-१
केही दिन अघि कर्णाली कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध पूर्वएमाले समुहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि चर्किएको विवाद सामाधानका लागि ओली र प्रचण्डले कर्णालीका सांसदहरुलाई पत्र पठाई काठमाडौं बोलाए । छलफलका लागि काठमाडौं पुगेका कर्णालीका सांसदरुलाई ओलीले प्रदेश भनेको संघको युनिट मात्र भएको बताएका थिए । प्रदेशलाई आत्मनिर्णयको अधिकार नभएको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नसक्ने अभिव्यक्ति दिएका थिए । जसको प्रतिपक्षी कांग्रेसदेखि, बुद्धिजीवी, कानुनविद्, प्रगतिशील लेखक, पत्रकार, कानुनु व्यवासायी, राजनीतिकर्मी र समान्य गणतन्त्रका पक्षपातीहरुले आलोचना गरेका थिए । ओलीको सो अभिव्यक्तिलाई पहिलो संघीयता खारेजी अभियानको रुपमा व्याख्या गर्न थालिएको छ ।

घटना-२
त्यति मात्रै होईन, पछिल्लो समय सत्तारुढ नेकपामा गणतन्त्र पक्षधर र गणतन्त्र विरोधी पक्षधरको बीचमा चलिरहेको संघर्षलाई घीउ थप्ने काम ओलीले सत्ताको प्रयोगबाट गरिरहेका छन् । केही दिन अघि कानुन मन्त्रालयले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ठाउँमा नेपाल सरकार लेख्नु भनेर निर्देशन दिईसकेको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ । ओलीको नेपाल सरकार लेख्न दिईएको निर्देशनलाई संघीयता खारेजी अभियानको दोस्रो कदमका रुपमा चर्चा हुन थालेको छ ।

घटना-३
ओलीकै विश्वास पात्र गोकुल बाँस्कोटा ( जो ७० करोडको सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो बाहिरिएपछि सत्ताबाट राजीनामा दिन बाध्य भएका थिए) ले तत्कालीन अवस्थामा गणतन्त्र आवश्यक भएर स्वीकार गरिएको होईन, द्धन्दको व्यवस्थापन गर्नकालागि मात्रै गणतन्त्र स्वीकार गरिएको हो भनेर अभिव्यक्ति दिईसकेको छन् । बाँस्कोटाको सो अभिव्यक्तिलाई ओलीको छहारीमा बसेर दिएको अभिव्यक्ति भएकाले ओली कतै प्रतिगमनतिर जान खोजका त होईनन् भन्ने नेपाली राजनीतिमा संसय पैदा भएको छ ।

घटना – ४

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कूबाटोमा लागेको आरोप लगाएका थिए । सामाजिक संजाल टुईटरमा लेख्दै भट्टराईले ओली कूबाटोमा लागेकाले सती नजान प्रचण्डलगायतका सत्तारुढ नेकपाका नेताहरुलाई सुझाव दिएका थिए । यद्धपी ओलीले समातेको कूबाटो के हो त्यस बिषयमा भने आफ्नो टुईटमा केही उल्लेख गरेका थिएनन् । तर केही समय पहिले आफ्नो गृहजिल्ला गोरखा पुगेका डा. भट्टराईले केपी शर्मा ओलीले गणतन्त्र पल्टाउन खोजेको आरोप लगाएका थिए । गाणतन्त्रओलीकै कारण खतरामा परेको बताएका थिए ।

केन्द्रको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न अनिच्छुक रहेका ओलीका पछिल्ला गतिविधि गणतन्त्रका लागि खतरा रहेको जानकारहरु बताउँछन् । तत्कालीन माओवादीले केन्द्रीकृत राजनीतिक प्रणाली अर्थात् सामन्तवादी राज्यसत्ता बिरुद्ध हतियारबद्ध संघर्षको घोषणा गर्दा ओलीले गुलेली चलाउन नजान्नेहरुले बन्दुक चलाउने भन्दै खिसीटिउरी गरे । तर उनको खिसीटिउरीले उनलाई नै गिज्याईरहेको थियो त्यो ओली आफैले बुझ्न सकेनन् । एक स्पष्ट रुपमा भन्दा ओली भ्रममा थिए । उनको त्यो भ्रम २०६२ ६३ सालको जनआन्दोलनसम्म जारी थियो । भ्रमकै कारण बयलगाडावाला गणतन्त्रको अभिव्यक्ति दिन पुगेका थिए । ओलीले माओवादी आन्दोनलाई उग्र वामपन्थी, आतंककारीजस्ता तुच्छ शब्दबाण प्रहार गर्थे । ओली राजाको चाकडी गर्दागर्दै जनआन्दोलनको शक्तिलाई नजरअन्दाज गर्न पुगे । तर हजारौँ शहिदहरुको रगत, पसिनाबाट स्थापित नाम मात्रैको गणतन्त्रलाई पनि सत्ताको आडमा पल्टाउन खोजिरहेका छन् । यदी ओली बुर्जुवा गणतन्त्रलाई स्वीकार गर्दैनन् भने कम्युनिस्टहरुले भन्ने गरेको जनगणतन्त्रलाई स्वीकार गर्ने कुरा कोरा कल्पना मात्र हुनेछ ।

अहिलेको नेपालको गणतन्त्र वास्तविक गणतन्त्र नभए पनि गणतन्त्रको हिंग बाधेको टालो भने अवश्य हो । यदि पार्टीका नेताहरुको प्रतिशोध साध्न ओली कुनै प्रतिगमनको बाटो लागे भने उनलाई हजारौँ नेपाली सपुतहरुको रगत र पसिनाले धिकार्ने छ । उनलाई इतिहासले धिकार्ने छ । तर के कुरा पनि सत्य हो भने ओलीका पछिल्ला अभिव्यक्ति, उनका आसेपासेहरुका व्यवाहार, विदेशी गुप्चर निकायहरुका संदीग्ध गतिविधि र ओलीको दम्भ, आडम्बर, संकीर्णता र चरम आत्मकेन्द्रीत प्रवृतिले तथाकथित गणतन्त्र विरोधी अभियानमा सक्रिय छन् भन्ने कुरामा दुई मत छैन । झापा आन्दोलनबाट भागेर भारतको नैनीताल पुगेका ओली यदि विवेक गुमाएर बुर्जुवा गणतन्त्रलाई पनि ध्वंस गर्ने गल्ती दोह्रोर्याउन पुगे भने, उनले भनेको बयल गाडावाला गणतन्त्र होईन, उनी आफै बयलगाडा चढेर अमेरिका भाग्नु पर्ने स्थिति नआउला भन्न सकिन्न ।

Previous Post

लेकममा युवा एकता अभियानले नि:शुल्क शिविर संचालन गर्ने

Next Post

पौडेलले देउबालाई भने, ‘तपाई कम्तिमा ओली जस्तो त हुनुनहुन्न धन्यवाद’

Next Post

पौडेलले देउबालाई भने, ‘तपाई कम्तिमा ओली जस्तो त हुनुनहुन्न धन्यवाद’

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In