Date
शनि, माघ ३, २०७७
Sat, January 16, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

लेकम गाउँपालिकाको सर्मोलीमा ५ दिने नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन

Webpal Nepal by Webpal Nepal
November 18, 2020
in प्रदेश, शिक्षा / स्वास्थ्य
4 0
0
5
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला मंसिर ३, समाज सुधारका लागि युवा एकता अभियानको आयोजनामा लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । स्वास्थ्य शिबिर संचालन गर्न विभिन्न व्याक्ति र संस्थाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । ५ दिने नि शुल्क स्वास्थ्य, पशु, कृषि र दन्त सेवा दिईने कर्यक्रमका संयोजक दिपक बिष्टले जानकारी दिए । “कृषिमा क्रान्ति, स्वास्थ्यमा सुधार र पशुपालनमा जोड, समाज रुपान्तरण गर्ने तपाई हाम्रो सोच” भन्ने नाराका साथ बुधबार बिहान लेकम गाउँपालिका १ डोबिगाउँमा उद्घाटन गरिएको हो । मंसिर ३ गते देखी ७ गतेसम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन १०८ जनाले बीउँ पाएको, १९ जनाले माटो परीक्षण गराएको, ५३ जनाले पशु सम्बन्धि सेवा लिएका छन् भने ७३ जनाले स्वास्थ्य सेवा तथा परामर्श लिएको कार्यक्रम संयोजक दिपक बिष्टले बताए ।

समाज सुधारका लागि युवा एकता अभियानका अध्यक्ष महादेब साउदको अध्यक्षतामा उद्घाटन भएको शिविर कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिह साउदको प्रमुख आतिथ्यता रहेको थियो । साविकको रिठाचौपाता गाविसका भूतपूर्व प्रधानपञ्च ग्यानदेव मिश्र, हुनैनाथ आवि डोबिगाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सिंह साउद लगायतको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको गरिएको छ । उक्त शिविरमा रेडियो लोकदर्पण, लोकदर्पण टिभी अनलाइन पोर्टन र समाजवाद डटटीभी मिडिया पार्टनर रहेका छन् ।

मंसिर ३ गते हुनैनाथ आधारभूत विद्यालय डोविगाउँ, मंसिर ४ गते श्री लटिनाथ आधारभूत विद्यालय चौड बित्थड र पन्चदेब आधारभुत बिद्यालय बिनखाली, मंसिर ५ गते केदारनाथ आधारभूत बिद्यालय बित्थड, मंसिर ६ गते मालिकार्जुन आधारभुत बिद्यालय बण्डोलीमा र मंसिर ७ गते बडिपुर माबि सर्मोलीमा शिबिर संचालन हुने सयोजक बिस्टले बताएका छन् ।

आधारभुत स्वास्थ्य शिबिरमा सुगर प्रेसर लगायत समान्य रोगहरुका निःशुल्क औषधि बितरण, रक्तचाप जाँच, नियमित औषधि सेवन गर्ने दीर्घ रोगीहरुको लागि औषधि वितरण गर्ने, दाँत, कान र घाँटी सम्बन्धि समस्याको चेकजाँच, चिकित्सकहरुले कोरोना तथा अन्य संक्रामक रोगहरु सम्बन्धि सल्लाह सुझाव दिने, कृषि प्रशिक्षकद्वारा सल्लाह सुझाव तथा परामर्श दिनुका साथै माटो परीक्षण गरीने, तरकारीको बीउँ बिजन निशुल्क वितरण गरिने, पशु चिकित्सक द्वारा सुझाव सल्लाह तथा परामर्श दिनुका साथै पशुमा लाग्ने सङ्क्रामक रोगको भ्याक्सिन तथा औषधि बितरण भइरहेको समाज सुधारका लागि युवा एकता अभियानका संयोजक दिपक विष्टले बताए ।

Previous Post

पार्टीमा बबण्डर मच्चाउँदै आएका ओलीले प्रचण्डको काउण्टरमा छुट्टै प्रस्ताव ल्याउने

Next Post

राष्ट्रपति र कुटनीतिज्ञले हस्तक्षेप गर्न मिल्दैन, ओलीलाई हटाउनै पर्छ : डा. भट्टराई

Next Post

राष्ट्रपति र कुटनीतिज्ञले हस्तक्षेप गर्न मिल्दैन, ओलीलाई हटाउनै पर्छ : डा. भट्टराई

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In