Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

कोरोना खोप अबिष्कार गरेको अमेरिकी दाबी लगत्तै नेपालमा औषधिसम्बन्धी अध्यादेश जारी

Webpal Nepal by Webpal Nepal
November 19, 2020
in अन्तर्राष्ट्रिय, विशेष, शिक्षा / स्वास्थ्य
9 0
0
10
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मंसिर ४, अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा विदेशमा प्रयोग गरिएका औषधि र खोप नेपालमा पनि प्रयोग गर्न र ‘क्लिनिकल ट्रायल’समेत गर्न सकिने भएको हो । अमेरिकी कम्पनी मोडरीना र फाईजरले कोरोनाको खोप करिब ९० प्रतिशत बढी प्रभावकारी भएको घोषणा गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेकी हुन् । जबकी अमेरिकी औषधि कम्पनीहरुले खोप बनाउनु भन्दा पहिल्यै चीनका ३ वटा र रुसको स्तानिक ५ नामको खोप तेस्रो चरणमा क्लिनिकल ट्रायल भईरहेका छन् । चीन र रुसले निर्माण गरेको कोरोनाको खोप तेस्रो चरणमा क्लिनिकल ट्रायल भईरहँदासम्म नेपालले औषधिसम्बन्धि विधेयक जारी गर्न निक्कै ढिलासुस्ती गरेको आलोचकहरु बताउँछन् ।

कोरोनाभाइरसविरुद्धको खोप वा औषधि आपत्कालीन प्रयोगका लागि नेपाल ल्याउन सकिने अध्यादेश जारी भएसँगै महामारीको समयमा अन्य देशले प्रयोग गरेको औषधि र खोप नेपालमा प्रयोग गर्ने बाटो खुलेको छ । यसअघि, कोरोनाभाइरसविरुद्ध बनिरहेको खोप नेपालमा प्रयोग गर्न सकिने सरकारले निर्णय गरेको थियो । जसका लागि अध्यादेश बनाउने निर्णय भएको थियो । सोअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि तेस्रो संशोधन अध्यादेश जारी गरेकी हुन् । योसँगै महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम र निर्मूलीकरण गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका र सम्बन्धित देशमा दर्ता भएका औषधि वा खोप ती देशले आपत्कालीन प्रयोग गर्न स्वीकृत दिए नेपालमा प्रयोग गर्न सकिन्छ । ती औषधि औषधि व्यवस्थापन विभागमा दर्ता गरेरमात्र प्रयोग गर्नुपर्ने अध्यादेशमा उल्लेख गरिएको छ । तत्काल नेपालमा खोप ल्याउनका लागि झन्डै ७० अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आपत्कालीन प्रयोगका लागि दर्ता भएका औषधि वा खोपको क्लिनिकल ट्रायल गर्नुपर्दैन । अध्यादेशले अब विदेशमा बनेका खोप र औषधि नेपालमा क्लिनिकल ट्रायल गर्न सकिने कानुनी बाटोसमेत खुलाएको छ । विदेशमा क्लिनिकल ट्रायल गरिरहेका संस्थाले नेपालमा पनि खोप वा औषधि क्लिनिकल ट्रायल गर्न चाहेमा पाउने बाटो खुला भएको हो । विदेशी सम्बन्धित निकायको अनुमतिमा नेपालमा पनि क्लिनिकल ट्रायल गर्न चाहे नेपाल सरकारले दिन सक्ने व्यवस्था अध्यादेशमा उल्लेख गरिएको छ । ती खोप तेस्रो चरणको क्लिनिक ट्रायलपश्चातमात्र नेपालमा ट्रायल गरिनेछ ।

Previous Post

नेकपा पाल्पा जिल्ला इन्चार्ज सिंहसहित २ जना पक्राउ

Next Post

स्यानिटाईजरमा मिथानोल मिसाउने ६ कम्पनीका उत्पादनमा प्रतिबन्ध

Next Post

स्यानिटाईजरमा मिथानोल मिसाउने ६ कम्पनीका उत्पादनमा प्रतिबन्ध

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In