धनगढी : मंसिर ५, काठमाडौं मंसिर ५, सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस देशव्यापी रुपमा भव्य ढङ्गले मनाउने निर्णय गरेको छ । उक्त पार्टीले दिएको जानकारीअनुसार मङ्सिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको हो । देशव्यापी रुपमा पार्टी दिवस मनाउनका लागि सो पार्टी तयारीमा जुटेको छ । विप्लव नेतृत्वको नेकपा वर्तमान सत्ताधारी प्रचण्ड र त्यसपछि मोहन वैद्यसँग पार्टी विभाजन गरी ६ वर्षअघि पुनर्गठन भएको हो ।
२०७२ साल मङ्सिर ८ गते मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट विद्रोह गरेको दिनलाई विप्लव नेतृत्वको पार्टीले हरेक वर्ष पार्टी पुनर्गगठन दिवसका रुपमा मनाउँदै आएको छ । दुई वर्षअघि फागुनमा सरकारले प्रतिबन्ध लगाएपछि भने उक्त पार्टीले यो दिनलाई ‘क्रान्तिको मैदान’ मै पुनर्गठन दिवसका रुपमा मनाउँदै आएको छ । सत्तारुढ नेकपामा पद र स्वार्थको लडाइँ चर्किरहँदा जनयुद्धको आवश्यकता पूरा गर्दै आमूल परिवर्तनको पक्षमा उभिएको विप्लव नेतृत्वको नेकपालाई वर्तमान सरकारले प्रतिबन्ध लगाएको लगभग २ बर्ष हुन लागेको छ । सरकारले १ महिनाभित्र नियन्त्रणमा लिने दाबी गरेपनि अहिले विद्रोही नेकपाका गतिविधिले सरकार र सुरक्षा निकायहरुलाई हैरान पारेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर सो पार्टी क्रान्तिका लागि निरन्तर संघर्ष गरिरहेको छ । भ्रष्टाचार र महंगीले जनता उत्पीडनमा परेको बेला दलाल र कमिशन एजेन्टहरुको पक्षमा निर्णय गर्न पछि नपर्ने सरकारी नेकपालाई विद्रोही नेकपाका गतिविधि चुनौती बन्न पुगेका छन् । विद्रोही नेकपा अहिले विद्यमान सत्ताको स्थायी प्रतिपक्षीका रुपमा स्थापित भएको छ । साथै उसले भन्दै आएको संसदीय व्यवस्था क्रमश क्षयीकरणतर्फ गईरहेको छ ।
नेकपा माओवादीको नेतृत्वमा नेपालमा दस वर्षसम्म चलेको जनयुद्धका उपलब्धिहरूलाई धराशायी बनाउने गरी जनयुद्धको मूल नेतृत्वमा रहेका प्रचण्ड र बाबुरामले पार्टीलाई संशोधनवादी धारमा पुर्याएको र हिजो आफैँले शत्रु मानेर लडेका शक्तिहरुसँग एकता गरी वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतन भएको भन्दै विप्लव, मोहन वैद्यसमेतका नेताहरुले २०६९ सालमा प्रचण्डलाई छाडेर नेकपा–माओवादी गठन गरेका थिए । वैद्य नेतृत्वको बैद्यको नेतृत्वमा माओवादी गठन भएपछि उक्त पार्टीले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाभन धोका हो भन्दै सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो र बहिष्कार मोर्चाको नेतृत्व विप्लवलाई सुम्पिएको थियो । तर तत्कालीन पार्टी महासचिव रहेका रामबहादुर थापाबादल समुहले प्रचण्डलाई सबक सिकाउने भन्दै कांग्रेस, एमाले र राप्रपाबाट बाट मोटो रकम लिई सहयोग गरेको भन्दै तत्कालीन बैद्य नेतृत्वको माओवादीमा बबण्डर मच्चिएको थियो । त्यसपछि फेरि नेकपा माओवादीमा अन्तरविरोध चर्किएको थियो । त्यसपछि २०७२ सालमा विप्लवले मोहन वैद्य नेतृत्वको पार्टीसँग पनि विद्रोह गरी नेकपा माओवादी गठन गरे । चुनावलगत्तै रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाललागायतले नेपालमा क्रान्ति संभव नभएको भन्दै प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्रमा दलबलसहित प्रवेश गरेका थिए ।
प्रचण्ड–बाबुरामले जनयुद्धको जहाजलाई सुरक्षित अवतरण गराउन नसकेर संसदीय भासमा डुबाएको भन्दै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्साले विद्रोह गर्दै नयाँ पार्टी निर्माणको घोषणा गरे पनि पार्टी निर्माणको तीन वर्षसम्म क्रान्ति सुरु नगरेको भन्दै विप्लवहरु उक्त पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ पार्टी बनाउन पुगेका थिए । विप्लवको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि २०७३ सालमा प्रचण्डको पार्टीका शीर्ष तहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पनि विप्लव पार्टीमै समाहित हुन आइपुगेका थिए ।
काठमाडौँको खुलामञ्चमा उद्घाटन भएर रोल्पाको थबाङमा सम्पन्न भएको विप्लव नेतृत्वको पार्टीको आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ । मङ्सिर ८ गते विप्लवले नयाँ पार्टी बनाएको दिन हो भने यही दिन २०५८ साल मङ्सिर ८ गते जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) तत्कालीन सत्तासँग लड्न भन्दै जनमुक्ति सेना नेपालको घोषणा गरेर शाहीसेनाका ब्यारेकहरुमाथि हमला गरेको थियो । यो दिनलाई माओवादीहरुले ऐतिहासिक दिन भन्दै र मान्दै आएका छन् । नेकपाका महासचिव विप्लवले मङ्सिर ८ गतेलाई ‘आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूसँग झुकेर माओवादी आन्दोलन र यसका उपलब्धिहरुलाई प्रचण्ड र बाबुरामले विसर्जनको दिशामा लगेपछि नेकपाको नेतृत्वमा नयाँ पहल थालिएको बताउँदै आएका छन् ।
मंसिर ८ गतेलाई नेकपाले ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिनका रुपमा मनाउँदै आएको छ । विप्लव नेतृत्वमा पार्टीमाथि सरकारले २०७५ फागुन २७ गते राजनीतिक प्रतिबन्ध लगाए यता नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, तत्कालीन पोलिटव्युरो सदस्यहरु उमा भुजेल, अनिल शर्मा, भरत बम, ओमप्रकाश पुन, दर्जनौ केन्द्रीय सदस्यह, व्यरोसदस्यहरु र पार्टीका हजारौँ कार्यकर्ता पक्राउ परिसकेका छन् भने पोलिटव्यूरो सदस्यहरुदेखि सयौँ पार्टी सदस्यहरु पलायन भएका छन् । भने कैयौँ क्रान्तिकारीहरू यो पार्टीमा समाहित भएका छन् । पार्टी पुर्नगठन यता सो पार्टीका १ दर्जन बढी नेता–कार्यकर्ताहरूले सहादत प्राप्त गरिसकेको छन् । नेकपाका प्रभावशाली नेता नेता हेमन्तप्रकाश ओली सुदर्शनसहित एक दर्जनको हाराहारीमा केनद्रीय नेताहरु यतिबेला जेल जीवन बिताईरहेका छन् ।
विप्लव नेतृत्वको नेकपाले सातौँ पुनर्गठन दिवस देशव्यापी रूपमा तीन दिनसम्म भव्य कार्यक्रम गरी मनाइने र त्यसका लागि देशव्यापी रूपमा प्रचारप्रसार, वालपेन्टिङ, जुलुस, सभाहरू र उत्सव आयोजनाको तीब्र तयारी चलको सो पार्टीले जनाएको छ । सने पार्टीले ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गर्ने छ, ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू गरिनेछन् । ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइनेछ । पाटीृ महासचिव विप्लवले पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउन निर्देशन दिईसकेका छन् । यस पटकको मंसिर ८ बिशेष हुने सो पार्टीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्