Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

घरजग्गा कारोबारी बस्नेतले हजारौँलाई ठगे

Webpal Nepal by Webpal Nepal
November 24, 2020
in अर्थ / पर्यटन, रोजगारी, विशेष
3 0
0
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मंसिर ९, चर्चित घरजग्गा कारोबारी सुधीर बस्नेतमाथि दश हजार जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । बस्नेतले सञ्चालन गरेको ओरियन्टल सहकारीमा निक्षेपकर्ताको ४ अर्बभन्दा बढी डुबेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर भएका बेला गठित छानविन समितिका एक सदस्यका अनुसार बस्नेतले हाउजिङ र अपार्टमेन्टको नाममा पनि ४ अर्ब हाराहारी रकम ठगी गरेका थिए । उनले एउटा अपार्टमेन्ट तीन जनासम्मलाई बेचेको त्यतिबेला छानबिन समेतले पत्ता लगाएको थियो ।

ओरियन्टल बिल्डर्स एण्ड डेभलपर्सको नाममा २२ परियोजना सञ्चालन गर्न सर्वसाधारण, सहकारी र बैंक तथा वित्तीय संस्थाबाट रकम लिइएको थियो । अपार्टमेन्ट पाउने आशामा लगानी गरेका ७०० भन्दा बढीको रकम बस्नेतले झ्वाम पारेका थिए ।

ओरियन्टल बिल्डर्सको अपार्टमेन्ट किन्न खोज्दा रकम डुबाउनेको सूचिमा पूर्व सचिव, पत्रकारदेखि सरकारी कर्मचारीको समेत नाम छ । उनीहरूलाई मात्रै होइन ओरियन्टल बिल्डर्सका ऋण दिने बैंक तथा वित्तीय संस्थालाई समेत बस्नेतले गुमराहमा पारेका छन् । धापासीस्थित जग्गा धितो राखेर ओरियन्टलले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा राख्यो । लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको देखिन्छ ।

बस्नेतले लिलामी कार्य बदरको माग राखेर अदालतमा मुद्दा दायर गरेको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले कर्जा सम्झौता अनुसार ऋण नतिर्ने ऋणको धितोबाट आफ्नो रकम असुल उपर गर्ने अधिकार सम्बन्धित बैंकलाई दिएको उनको भनाइ छ । उनलाई पीडितहरुले महाठग भन्ने गरेका छन् ।

Previous Post

लकडाउनले रोकिएको कक्षा १२ को परिक्षा आजदेखि शुरु

Next Post

मोओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी निर्वाचित

Next Post

मोओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी निर्वाचित

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In