Friday, May 7, 2021

ओलीलाई भेट्न बालुवाटार पुगे योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएका हुन् । एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको योगेश भट्टराई बताएका छन् । भट्टराईले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गरेका छन् ।

उनले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन् । भट्टराईले भने, ‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएका छन् । तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु । उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ ।’ भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । भट्टराई पछिल्लो समय निरन्तर पार्टी विभाजन हुन नदिन सक्रिय छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार