Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

हिंसात्मक राजनीति

Webpal Nepal by Webpal Nepal
December 9, 2020
in राजनीति, विचार / वहस, विशेष
11 0
0
13
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

अहिले देशमा हिंसात्मक राजनीतिले पुनः प्रवेश पाएको छ । प्रतिक्रियावादी राज्यको स्वरुपमा परिवर्तन आएपछि आफ्नो लागि केही हुँदैछ भनेर मानिसले केही आशा गरे । पुराना प्रतिक्रियावादी वर्गले राज्य हत्याउने क्रममा केही थान नवप्रतिक्रियावादीहरुलाई भित्र्याउन पाए । नवप्रतिक्रियावादीका वास्तविक चरित्र थाहानहुञ्जेल मानिस झुक्किन पुगे र केही वर्षअघि देखि सचेत नागरिकहरुसमेत निराशामा निश्वास्सिएर बसे । प्रतिक्रियावादी वर्गले यो स्थितिलाई थप पहलकदमी लिने अवस्था बुझे । अहिले राज्यव्यवस्थामा प्रतिक्रियावादको पुनस्र्थापना भएको छ । सचेत क्रान्तिकारी नागरिकको लागि यस्ले बिकल्पका सबै ढोकाहरु बन्द गरेको छ ।
राज्यले संविधान निर्माण गर्दादेखि नै कि त आत्मसमर्पण गर कि त हिंसाको राजनीतिको लागि तयार होऊ भन्ने संदेश दिएको सर्वबिधितै छ । धन्न भन्नुपर्छ यत्रो समयसम्म बिद्रोही शक्तिले संयमता अपनाएर हिंसाको राजनीति गरेका छैनन् । बरु, राज्यले उक्त पार्टीलाई प्रतिबन्ध र दमन गरिरह्यो, बिद्रोहीले हतियारबन्ध राजनीति अझै गरेका छैनन् । विद्रोहीले आफ्ना कैयौं सहयोद्धाहरु सहिद भैसक्दा र हजारौंलाई जेलको चिसो छिंडिमा सडाएर राखेको र नेतृत्वलाई गोञ्जालो वा चारुको हालत बनाइदिने धम्की दिंदा पनि विद्रोहीहरु संयमित भैराखेको अवस्था छ ।

विनोद दाहाल

राज्यका नीति नियम र कानुन नमानेको अभियोगमा राज्यले नागरिकलाई अपराध र विद्रोहको अभियोगमा थुन्ने, यातना दिने र जरिवाना गर्ने व्यवस्था गरेको छ । कहिलेकाहिं आफैंले बनाएका कानुन र संविधान उलङ्घन गर्दै मुडभेडका नाममा हत्या पनि गर्ने गरेको छ । जस्तै भोजपुरका घिमिरे र सर्लाहीका कुमार पौडेललाई कथित मुडभेडका नाममा प्रहरिले पक्रिएर निर्घात यातनापछि हत्या गरेका छन् र राज्यको उपल्लो निकायबाट (गृहमन्त्री र आइजिपी नै लागेर) जाँचबुझ गनर्’ त कताहो कहा, मुडभेड नै हो भनि कानुन अल्लङ्घन गरि हत्या जस्तो गम्भीर अपराध गर्नेलाई बचाउन सकेसम्मको राज्य शक्तिको दुरुपयोग गरेका छन् । राज्यकै एउटा निकाय संसदीय छानविन समिति र मानवअधिकार आयोगबाट गम्भीर मानवअधिकारको उल्लङ्घन भएको ठहर गरिसकेको अवस्था र कारवाहीमा गृहमन्त्रीदेखि फिल्डमा रहेका अधिकारिसम्मलाई कारबाही गर्न भनिसकेको अवस्थामा उनीहरु नै अझै पदवाहाली भैराख्नु गैरकानुनी राज्य र राजनीतिमा हत्याको प्रवेश बिन्दु हो ।

राज्यले नै गैरन्यायिक हत्याको शुरुवात गरेपछि संविधान शुरुदेखि नै अस्वीकार गरेको विद्रोही राजनीतिक दलले स्वभाविक प्रतिहिंसाको राजनीति गर्ने ठाउँ पाउँछ । त्यैमाथि अहिले त भ्रष्टाचार र कुशासनले बदनाम शासकको बषौंदेखि सहि आएको विद्रोही छ, कुनै बाहानामा राज्यलाई सबक सिकाइदिउँ जस्तोगरि बसेको छ, यस्तो राजनीतिक शक्तिलाई अभैm दमन गर्ने र उक्त राजनैतिक बैधानिक सहकार्य गर्ने अरुलाई पनि दमन गर्ने गृहमन्त्रीको ध्वांसले अव चाहिं बिच्किन सक्ने अवस्थाको सृजना भएको छ । यो अवस्थाले हिंसा र प्रतिहिंसाको राजनीतिलाई बढावा दिन्छ भन्नेमा कुनै शंका छैन ।

अहिलेको राज्यले आत्मसमर्पण गर्न नमान्ने राजनीतिक शक्तिलाई बल प्रयोगको नीति लिएको छ । राज्यको भाषा के आएको छ भने सिधै वा प्रत्यक्ष आत्मसमर्पण गर्ने कि वार्ताको नामबाट अप्रत्यक्ष तरिकाले आत्मसमर्पण गर्ने भन्दै बिकल्प दिने गरेको छ । राज्यकोतर्फबाट सोमनाथ पाण्डेलाई उक्त कार्यमा खटाइएको पनि थियो र प्रयास पनि पटकपटक भएको कुरा सार्बजनिक भएका पनि थिए । केही घटनाक्रमले वार्ताको नाममा दमनका लागि नेतृत्व नजिक पुग्न षड्यन्त्र भएका त हैनन् भन्ने आशंका भएको विद्रोही पक्षबाट आशंका गरिएका कुरा पनि सार्वजनिक भएका थिए । अचेल यो वार्ता टोली निश्क्रिय भएजस्तो देखिएको छ । वार्तामार्फत हिंसाको राजनीति रोक्ने प्रयास पनि सार्थक बन्न सकेको छैन ।

यो अवस्थाले के फेरि पनि हिंसाको राजनीतिले नै ठाउँ पाउने त हैन भनेर शंका गर्ने ठाउँ देखिन्छ । शान्ति बार्ताका नाममा धोका भएको भन्दै बाहिरिएको राजनीतिक दललाई दमन नै एकमात्र उपाय देख्ने राज्यले कुनै बिकल्प नदिएपछि असहज स्थिति त आउने हैन भनि लामो समय हिंसाको राजनीति भोगेका जनता चिन्तित हुनथालेका छन् । जनयुद्धकै बिरासतबाट आएका बिद्रोहीहरु एउटा पक्ष विद्रोही मात्र छ । अर्को पक्षले वैदेशिक रोजगारिमा नागरिक ठग्ने दलालको नाइकेमाथि र देशलाई अरबौं ठगी गर्ने बहुराष्ट्रिय कम्पनीमाथि बम प्रहार गरेको निहु बनाएर प्रतिबन्धित अवस्थामा छ । राज्यले बल प्रयोग र हिंसाको राजनीति यसरि नै गर्दै जान्छ भने प्रतिरोध आफ्नो बाध्यात्मक स्थिति हुनेछ भनेर विद्रोहीले आफ्ना भनाई सार्वजनिक गरिरहेका छन् । देशमा केहिगरि हिंसा भड्कियो भने त्यसको जिम्मेवारी राज्यकै हुनेछ भन्ने ती विद्रोही पार्टीका भनाइले पुष्टि गर्दछन् ।

हिंसाको राजनीति जनताको चाहना हुन सक्दैन । सिधा भन्दा जनताका मागका सुनुवाइ नहुनु नै हिंसात्मक राजनीति हो । कांग्रेसले हतियार उठाएको र झापामा विद्रोह भएको पनि जनताको कुरै नसुन्ने, केवल राजाको आलेश मात्र मान्ने नोकर जस्ता शासकको नियतको कारण हो । कुनैपनि राजनीतिक शक्तिलाई ती पार्टीका राजनीतिक मागहरुको सुनुवाई गरेर लोकतान्त्रिक गणतन्त्र भित्र अटाउनु पर्ने जनताको चाहना हो । राजनीतिक मुद्धा, अझ भन्दा पहिला नै शान्तिबार्ताको नाममा टेबुल भैसकेका ती मुद्धाको बारेमा निकासको साटो बलप्रयोग गरेर आत्मसमर्पण गराउने दुस्प्रयास भयो भने त्यो देशको आवश्यकता र जनताको चाहना बिपरितको बिषय हुन जान्छ । सारमा भन्दा यस्तो बलप्रयोग देशद्रोही र जनबिरोधि कार्य हुनजान्छ । यस्तो दुस्कार्य गर्ने छुट सत्ता सञ्चालन गर्ने छुट कसैलाई हुनुहुँदैन ।

राजनीति गर्ने हो भने बिगतका अभ्यासहरुबाट सिक्न सक्नुपर्छ । बिगतमा पटकपटक हिंसाको राजनीति निम्त्याउने राज्यले आफ्नो शासन टिकाइराख्न सकेका छैनन् । राणा शासनको दमनले प्रजातन्त्र रोकियो र रु राजाहरुको दमनले पञ्चायती व्यवस्था जोगिन सक्यो र रु राजा र राजतन्त्र अन्तर्गतका फासिस्ट संसदवादीले दमनमार्फत जनयुद्ध रोक्नखोज्दा रोक्न सक्यो त रु हजारौंको कत्लेआम गर्ने निरंकुश सामन्ती राजाले गणतन्त्र माग गर्नेलाई दमन गर्न सक्यो त रु के कुरा पुष्टि भैसकेको छ भने राज्यले दमन गरेर अग्रगामी चेतना अनुसार अघि बढ्ने राजनीतिक दल वा व्यक्तिलाई बलप्रयोगबाट निश्तेज पार्न सक्दैन । अहिलेपनि जनगणतन्त्रको माग राख्दै राजनीति गरिरहेका दलहरुलाई प्रतिबन्द्ध र दमन एउटा दुस्साहासबाहेक केही हैन भन्ने प्रष्ट छ ।
हो, अहिले सामन्त, दलाल र नोकरशाहीको कब्जामा रहेको प्रतिक्रियावादी सत्तामा जनयुद्धको बिरासतबाट भागेर थपिनपुगेका छन् । यो धोकाले जनतामा नैराश्यता पैदा भएको छ । सर्वहारा वर्गीय आन्दोलनमा अक्ष्यम्य गद्दारि भएको छ । सर्वहारा वर्गको मुख्य अंग जनसेनालाई रातमा हेलिकप्टरमार्फत सेना लगाएर निशस्त्रपारि आत्मसमर्पण गराइएको घटनाले अवशरवादी कित्तालाई विजय गराएको छ । यो घटना बैरिको भयङ्कर षड्यन्त्र थियो र आक्रमण थियो, जसमा अवशरवादीले साथ दिएका थिए । यस्तो बलप्रयोग र दमन हिंसात्मक राजनीतिको आधार हुन् जसमा प्रतिक्रियावादी राज्यसत्ता नै जिम्मेवार छ । यस्तो अवस्थामा जनताको हिंसात्मक प्रतिरोध अपृय भएपनि स्वभाविक हुन्छ ।

इतिहास साक्षि छः यो देशमा भएका जनयुद्ध र एकाधबाहेक सबैजसो आन्दोलनहरुमा विदेशी शक्तिको हात र साथ रहेको छ । दमन गर्दा पनि राज्यले विदेशीशक्तिकै साथ र सहयोग लिएर गरेको छ । संविधान निर्माणमा क्रान्तिकारि शक्तिलाई हटाएर गर्नुकापछाडि पनि विदेशी शक्तिकै हात रहेको छ । क्रान्तिकारि शक्तिको आढमा परिवर्तनका मुद्दाहरु ल्याएर आफ्नो स्वर्थ पुरा भएपछि क्रान्तिकारि शक्तिलाई डिलपारि धकेल्ने र अझ प्रतिबन्धसमेत लगाउने कार्य पनि विदेशी शक्तिको चाकरि र सेवाबाहेक अरु केही हैन । क्रान्तिकारि राजनीतिक शक्तिलाई सबै वैधानिक बाटाहरु बन्द गरेर राज्यले दमन गर्दछ भने प्रतिरोधको धक्का वैधानिक मात्र हुन्छ भनेर आशा गर्नु मुर्खताबाहेक अरु हुनसक्दैन ।

जेहोस्, देशमा अव दलाल राज्यव्यवस्थाको कारण जनताले नचाहेपनि हिंसात्मक राजनीतिले प्रवेश पाएको छ । राज्यले नागरिकलाई सुराकीको रुपमा प्रयोग गर्नथालेको बिद्रोही नेकपाले बताएको छ । यही कारण आफ्ना नेता तथा कार्यकर्ताहरुको हजारौंको संख्यामा पक्राउ, यातना र थुनामा पुगेको बताएको छ । नागरिकलाई ढाल बनाएर राज्यसञ्चालन गर्नु मानवअधिकारको गम्भीर उल्लङ्घन हो । बिना दोषका अर्थात अदालतले पटकपटक थुनामुक्त गर्दा पनि पक्राउ गरिराख्नु राज्यको फासिस्ट चरित्र हो । राज्यको यस्ता अराजनीतिक क्रियाकलापले पनि हिंसात्मक राजनीतिलाई सघाइरहेको छ ।

Previous Post

भारतसँग झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान हुँदैन : वैद्य

Next Post

साधारण तारिखमा छुटेलगत्तै नेता शर्मा पुनः पक्राउ

Next Post

साधारण तारिखमा छुटेलगत्तै नेता शर्मा पुनः पक्राउ

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In