Friday, May 7, 2021

पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४४८ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार १ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४२८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ४४८ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ७९ हजार ४०२ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार