Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

टोपबहादुर रायमाझी उर्जा मन्त्री बनेपछि झ्याप्प-झ्याप्प बत्ती जान थाल्यो !

Webpal Nepal by Webpal Nepal
December 30, 2020
in अन्तर्राष्ट्रिय, अर्थ / पर्यटन, प्रदेश, राजनीति, विशेष
28 0
0
33
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पुस १५, केपी शर्मा ओलीले मन्त्रीमण्डल पूनर्गठन गरेपछि नेपालमा फेरि लोडसेडिङ हुने हो कि भन्ने आम चिन्ता बढेको छ । टोपबहादुर रायमाझीले उर्जा मन्त्रालयको बागडोर सम्हालेपछी काठमाडौमा बत्ति झ्याप्प झ्याप्प जान थलेको छ ।जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गरेपछि दैनिक १८ घन्टे लोडसेडिङ अप्रत्यासित रुपमा अन्त्य भएको थियो । जबकि अहिलेका उर्जा मन्त्री रायमाझीले उर्जा मन्त्रालय सम्हल्दा दैनिक १८ घण्टा लोडसेडिङ थियो । विद्युतको लोड व्यवस्थापनमा कुशल देखिएका घिसिङलाई एक कार्यकाल काम गर्न दिनुपर्ने सडकका मान्छेको आवाजलाई बेवास्ता गर्दै ओली सरकारले पाखा लगाएपछि फेरि लोडसेडिङको आतंक शुरु हुने चिन्ता बढेको थियो। नभन्दै तालिका नै बनाएर लोडसेडिङ घोषणा नगरेपनि पछिल्लो समय बिजुली झ्याप्प-झ्याप्प जान थालेको छ। कतै यो लोडसेडिङको पूर्वअभ्यास त होइन ? अहिले आम मान्छेमा त्रास फैलिएको छ ।

अहिले झ्याप्प-झ्याप्प बत्ती जानुको कारण प्राधिकरणको व्यवस्थापकीय कमजोरी नै मुख्य जिम्मेवार रहेको जानकारहरुको भनाइ छ । गत बर्ष काठमाडौँमा विद्युत अधिकतम माग ४२४ मेगावाट थियो, यस वर्ष जम्मा ३३६ छ। विद्युतको खपत बढेको छैन बरु घटेको छ तर मन्त्री र प्रबन्ध निर्देशकको परिवर्तन पछि बत्ती झ्याप्प झ्याप्प जान थालेको विद्युत प्राधिकरणका कर्मचारी बताउँछन् ।

उर्जा क्षेत्रका जानकारहरु पनि गत वर्षभन्दा यसवर्ष माग घटेको बताउँछन् । कोरोना र लकडाउनका कारण विद्युतको माग घटेको उनीहरुको भनाइ छ। प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने कहिलेकाही बत्ती जाँदैमा त्यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताउछन् ।

Previous Post

कोरोनाविरुद्धको चिनियाँ खोप ८० प्रतिशत प्रभावकारी

Next Post

बर्ष २०२० लाई फर्केर हेर्दा : सैन्य शिविरमा इरानी मिसाइल हमलापछि मैदान छोडेर अमेरिका भागेको त्यो दिन

Next Post

बर्ष २०२० लाई फर्केर हेर्दा : सैन्य शिविरमा इरानी मिसाइल हमलापछि मैदान छोडेर अमेरिका भागेको त्यो दिन

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In