Friday, May 7, 2021

बलात्कार गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष यादव पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गाउँपालिकाका अध्यक्षले सरकारी गाडीमा युवती राखी धरान तर्फबाट लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका–४ को डुकु होटलवाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाँऊपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् । पक्राउ गरिएका यादव र किशारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार