Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

कोरोना खोप नेपाल ल्याउने तयारी, ६०० मा दुई डोज उपलब्ध हुने

Webpal Nepal by Webpal Nepal
January 4, 2021
in अन्तर्राष्ट्रिय, विशेष, शिक्षा / स्वास्थ्य
4 0
0
5
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पुष २०, भारतमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको कोरोनाविरुद्धको दुईवटा खोपलाई नेपाल ल्याउने तीब्र तयारी चलेको छ । भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारत मै उत्पादन भएको बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिईसकेको छ ।

भारतमा अनुमति पाएको कोभिडशिल्ड खोपलाई नेपाल ल्याउने तयारी पनि तीब्र पारिएको हो । भारतको औषधि ड्रग्स कन्ट्रोलर जनरले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको भारत मै उत्पादन भएको ‘कोभिसिल्ड’ र भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’ नामक दुई खोपलाई आपतत्कालीन प्रयोगको लागि स्वीकृति दिएको हो ।

भारतमा यी दुई खोपले अनुमति पाएसंगै नेपालमा पनि कोरोनाबिरुद्धको खोप नेपाल ल्याउन भारतका लागि नेपाली राजदूत निलाम्बार आचार्यले खोप उत्पादन कम्पनी र भारतका उच्च अधिकारीहरुसंग भेटघाट गरिरहेको छ ।

जनवरी १५ पछि भारतले कोरोनासिविरुद्धको खोप दिने अभियानको औपचारिक आरम्भ गर्ने योजना बनाएको छ । भारतमा कोरोना खोप दिन थाल्ने बित्तिकै नेपालमा पनि भारतमा प्रयोग हुने खोप नै ल्याउने तयारी गरिएको र भारतको खोप निर्माता कम्पनीहरुसंग समेत भेटघाट गरेको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

संसारको सबै भन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको पुणेमा रहेको सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप उत्पादन गरिरहेको छ ।

कम्पनीले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पहिलो चरणका लागि उपलब्ध गराउने बताएको छ । भारतले खोप खरिद गर्दा नेपाललाई समेत २० प्रतिशत हुने गरी खरिद गर्ने र सोको भुक्तानी नेपाल सरकारले भारत सरकारलाई गर्ने अनुरोध सहितको पत्राचार गरिएको छ ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप दुई डोज लगाउँदा ७० देखि ९० प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यो खोप नेपाल ल्याउदा नेपालमा अहिले भएको भण्डार व्यवस्थाले नै काम गर्ने हुँदा यही खोप ल्याउन सरकार लागीपरेको छ । यो खोप २ डोजको नेपाल सरकारलाई ६ सय रुपैयाँमा दिने बताइएको छ ।

Previous Post

नेकपाकी ललितपुर सेक्रेटरी अधिकारी ७३ दिनपछि रिहा

Next Post

भारतीय एसएसबीको दादागिरी, हिडिरहेका सुनारको घुँडामुनि गोली प्रहार

Next Post

भारतीय एसएसबीको दादागिरी, हिडिरहेका सुनारको घुँडामुनि गोली प्रहार

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In