Date
मङ्ल, माघ ६, २०७७
Tue, January 19, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

सम्पादकीय : संसदमाथि ट्रम्पको हमला र कूरुप प्रजातन्त्र

newsdesk by newsdesk
January 7, 2021
in अन्तर्राष्ट्रिय, राजनीति, विशेष, सम्पादकीय
5 0
0
6
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

बुटवल : पौष २३, संसारमै पहिलो पटक प्रजातन्त्रको अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सबिस्तार ब्याख्या गरे । अमेरिका लगायत पश्चिमाहरुले आदर्श र एकमात्र निर्बिकल्पको शासकीय मोडल भएको दाबी गर्दछन् । तर तितो सत्य केहो भने, हिटर, मुसोलिनीजस्ता फासिस्टको आधार तयार पार्ने त्यही प्रजातन्त्र नै थियो । हिजो मात्र होईन आज पनि त्यही प्रजातन्त्रको पहरेदार भएको दाबी गर्ने शासकहरुले नाममा प्रजातन्त्र तर व्यवाहारमा फासिवादी अभ्यास गरिरहेका छन् ।

आफ्नो फासिवादलाई प्रजातन्त्रको मुखुण्डोले ढाक्ने गरेका छन् । जनतालाई भ्रमित पार्ने गरेका छन् । अमेरिकी लोकतन्त्रको परिकल्पना गरेका लिंकनले सायद कुनै दिन चुनाव हारेपछि पनि सत्ता हत्याउन डोनाल्ड ट्रम्पजस्तो व्यक्तिलाई प्रजातन्त्रले जन्माउने छ भनेर नबुझेका थिएनन् सायद । अनि अमेरिकी जनता ट्रम्पजस्ता व्यक्तिको उक्साहटमा नवनिर्वाचित राष्ट्रपतिको निर्वाचनको औपचारिकता पूरा हुन नदिन संसद् भवनमा तोडफोड र हुलदंगामा उत्रिएलान् भनेर लिंकनले बुझेका थिए होलान्, त्यही भएर त त्यस्तो अवसथाका लागि आधार बनाएर गए ।

किनभने उनले सैद्दान्तिक आधार बनाएको प्रजातन्त्रले करोडौँ जनताको रगत चुसेर केही सीमित कूलीनहरुलाई स्वर्गको आनन्द प्राप्ति गररिरहेका छन् । आफ्नो पराजय स्वीकार गर्न नसक्ने बरु अनेकौँ ताण्डप मचाउने, राज्यसत्ताको दुरयोग गर्ने र प्रजातन्त्रको बिगुल फुक्दै दुनियालाई बेखुब बनाउँदै, प्रजातन्त्रको ढोंग पिटेर हिड्ने नामधारी प्रजातन्त्रवादीहरुको वास्तविक चरित्रको पर्दाफास चुनावमा पराजीत अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रजातन्त्रको मन्दिर मान्ने गरेको संसद भवन क्यापिट हिलमै गरको आक्रमणले गरिसकेको छ ।

बुधवार अमेरिकाको राजधानी वासिङटन डीसीस्थित संसद् भवनमा निर्वाचन परिणाम अनुमोदनको औपचारिकता पूरा गर्न बस्न लागेको संसद्को बैठक बिथोल्न ट्रम्प समर्थकहरूले हुलदङ्गा गरे । संसद् भवनभित्र तोडफोड भयो र दुवै सदनको बैठक निर्धारित समया बस्न सकेन । अमेरिकाको मात्र नभई संसारमै नाममा प्रजातन्त्र तर व्यवाहारमा स्वेच्छाचारी र पक्षपातग्रस्त शासनप्रणाली (प्रजातन्त्र) को वास्तविक चरित्र उदागिंएको छ । ट्रम्पको बहुलठ्ठीपूर्ण क्रियाकलाप प्रजान्त्रकै उत्पादन हो । ह्वाईट हाउसमा भएको हमला ट्रम्प व्यक्तिलाई दोषी मान्न सकिदैन, किनभने प्रजातन्त्र भनेकै पक्षपात, पूर्वाग्रह, जातीय, धार्मिक, आर्थिक विभेद र साम्प्रादायीकताले भरीपूर्ण व्यवस्था हो भनेर अमेरिकी विदेश नीति, हेर्दा प्रष्ट बुझ्न सकिन्छ ।

त्यती मात्रै होईन, मध्यपूर्वको अमेरिकी ध्वंस र अफ्रिकी गरिबी, विश्वभरीको स्रोत र साधनमा प्रजातान्त्रको मुखुण्डो ओडेकाहरुले गरेको अबैध कब्जाले पुष्टि मात्र होईन, पूर्नपुष्टि गरिरहेकै छ । प्रजातन्त्रवादीहरु मध्ये ट्रम्पले मात्रै होईन, विश्वलाई पहिलो र दोस्रो विश्व युद्धजस्तो मानवीय नरसंहार मच्चाउने पनि तिनै प्रजातन्त्रवादीहरु थिए । विश्कै ठूलो प्रजातान्त्रिक देश भएको दाबी गर्ने भारतकी पूर्वप्रधानमन्त्री इन्दीरा गान्धिले लगाएको संकटकाल, नेपालमा ओलीसहित छैटौँ पटक भएको संसद भंग तथा विघटनले लोकतन्त्र जनताको पक्षमा होईन, केही सीमित कूलीन शासकबर्गका लागि मात्रै हो भन्ने सहजै भन्न सकिन्छ ।

Previous Post

नेकपाका काठमाडौं जिल्ला सेक्रेटरीसहित ३ जना पक्राउ

Next Post

गणतान्त्रिक सम्पर्क मञ्चका बरिष्ठ उपाध्यक्ष अधिकारी पक्राउ

Next Post

गणतान्त्रिक सम्पर्क मञ्चका बरिष्ठ उपाध्यक्ष अधिकारी पक्राउ

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In