Monday, May 17, 2021

गाउँपालिका अध्यक्ष शाक्यलाई स्थानीयले लखेटी लखेटी कालोमोसो दले

धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानीयबासीहरुले कालोमोसो दलेका छन् । वडा नम्बर १ स्थित कैचले बजारमा बसोबास गर्दै आएका मानिसहरूको घर टहरा भत्काउन पुगेका अध्यक्ष शाक्यलाई करिब ३० जनाको समुहले बिहिवार कालोमोसो दलेका हुन् । बिहिवार घर टहरा भत्काउन डोजरसहित लिएर वडा नम्बर १ मा पुगेका शाक्यलाई स्थनीयबासीले लखेटी लखेटी कालोमोसो देलेको स्थानीयहरुको भनाइ छ । गाउँपालिकाका अध्यक्ष भएसंगै बिबादमा मुछिएका शाक्य आफू असुरक्षित हुने भन्दै प्रहरी लिइ गएता पनि प्रहरीले समेत यो पटक जोगाउन सकेन । शाक्यलाई देख्ने बितिकै आकोशित भएका स्थानीयहरुले करिब २ किलोमिटरसम्म लखेटे पछि प्रहरी र स्थानीयहरु बीच केही समय झडप समेत भएको थियो । झडपमा तीन जना स्थानीय बासिन्दा घाइते समेत भएका छन् । गाउँपालिका अध्यक्ष शाक्यले दुखी जनतालाई राहत दिनुको सट्टा दुखदिएको कारण कालो मोसोले दल्न बाध्य भयौ एक स्थानीयको भनाइ छ । गाउँपालिकाका अध्यक्ष शाक्यले भने आफुलाई कालोमोसो फ्याँक्दा थोरै लागेको बताएका छन् ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार