Friday, May 7, 2021

विराट कोहलीको रेकर्ड तोड्दै पाकिस्तानका आजमले बनाए नयाँ विश्व रेकर्ड

काठमाडौं : पाकिस्तानका कप्तान बाबर आजमले विश्व रेकर्ड बनाएका छन् । बाबरले भारतीय कप्तान विराट कोहलीको विश्व रेकर्ड तोड्दै टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। बाबरले मात्र ५२ इनिंग्समा २ हजार रन पुरा गरेका हुन्। यस अघि बिराट कोहलीले २०१८ मा २ हजार रन ५६ इनिंग्समा पुरा गर्दै यो किर्तिमान बनाएका थिए। बाबरको कुल रन २०३५ पुगेको छ। तेश्रो छिटो अस्ट्रेलियाका आरोन फिन्चले ६२ खेलमा २ हजार रन पुरा गरेका थिए। जिम्बाम्बे बिरुद्धको खेलमा कप्तान बाबर आजमले ५६ बलमा ५ चौकाको मदतमा ५२ रन बनाएका थिए । ओपनर शर्जिल खान १८ रन बनाएर पाँचौ ओभरमा आउट भएपछि रिजवान र आजमले दोश्रो विकेटको लागि १२४ रनको साझेदारी गरे।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार