Monday, May 17, 2021

खतराको घण्टी बज्यो, नेपालमा कारोना संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ४६ पुगेको छ । सोही अवधिमा १२ हजार ५ सय ९७ जनाका पीसीआर र ९ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ९ सय २८ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये ३ सय ३७ जना आईसीयूमा र १ सय ७ जना भेन्टिलेटर छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार