Friday, May 7, 2021

लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जनालाई कारबाही भएको छैन : ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।

अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने समेत स्पष्ट पारेका छन् । बिहीबार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार