Friday, May 7, 2021

कोरोना नियन्त्रणमा धनीहरुको अवरोध, एक अर्बभन्दा बढी डोज धनीहरुको कब्जामा : डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानम ग्रेब्रेयससले धनी देशले नै कोरोनाको खोपमा कब्जा जमाएको बताएका छन् । विश्वभर विभिन्न कम्पनीद्वारा उत्पादित कोरोनाविरुद्धको खोप अझै पनि एक अर्बभन्दा बढी डोज रहेको बताउँदै उनले त्यसको अधिकांश हिस्सा धनी देशकै कब्जामा रहेको बताए । टेड्रोसका अनुसहार हाल विश्वमा धनी देशसँग मात्रै कुल खोपको ८२ प्रतिशत खोप रहेको छ । तर गरिब देशहरुको पहुँचमा ०.३ प्रतिशत मात्र खोप रहेको छ ।

एक कार्यक्रममा बोल्दै टेड्रोसले भने, ‘सच्चाइ यही हो कि महामारीको यो बेला कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउन सर्वाधिक ठूलो चुनौती छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडीका कारण धनीहरुको कब्जामा बढी छ ।’ उहाँले कोरोना महामारी नियन्त्रण्का लागि खोप नै प्रभावकारी विकल्प हो, जुन धेरैभन्दा धेरै मानिसहरुको पहुँचमा पुर्याउनु जरुरी छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार