Monday, May 17, 2021

खानेपानीमन्त्री मणि थापालाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि मन्त्री थापा चिकित्सकको निगरानीमा रहेका छन् । उनलाई सामान्य शरीर दुखाइ र थकानको महसुस भएको र कडा लक्षण भने नदेखिएको बताइएको छ । उनी सरकारी निवासमै आइसोलेस बसेका छन् । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, नेता विष्णु रिजाल र खिमलाल भट्टराईमा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार