Monday, May 17, 2021

एमसीसी पास भए पनि म अमेरिकी सेना नेपाल आउन दिन्न : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन पास भए नेपालमा अमेरिकी सेना नआउने बताएका छन् । एमसीसी पारित भएन भने मलाई गाह्रो हुन्छ भन्नुभएको छ रे भन्ने बाहिर सुनिन्छ नि भन्ने पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले भने, मैले कहाँ भने त्यस्तो कहाँ भने त्यस्तो कुरा बाहिर आएको छैन । एमसीसी पारित गर्ने सन्दर्भमा कुनै छलफल नभएको र एमसीसी नेपालमा आउँदैमा पूरै सेनाले देश कब्जा गरिहाल्ने अवस्था पनि नरहेको सभापति देउवाले बताए । लामो समयदेखि एमसीसीको पक्षमा उभिदै आएका देउवाले आफ्नै निवास निलकण्ठमा पत्रकारहरुसँगको कुराकानीमा एमसिसीबारे बाहिर अनावश्यक भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखे । उनले भने, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना अमेरिकी सेना आउन दिउँला त म आफैँले यस्ता झुठा प्रचार गर्ने देउवाले भने ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार