Monday, May 17, 2021

गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु

गुल्मी । गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिका की ७६ वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए । यो सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार