Monday, May 17, 2021

शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको खुलासा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको खुलासा भएको छ । प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको बताएका छन् । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको जानकारी दिएका छन् । दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् । भने श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेको सदस्य नरहेको दावी गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार