Monday, May 17, 2021

झापामा एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द

झापा । जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलन थालेपछि भीडभाड हुने भन्दै त्यसको संक्रमणं न्यूनीकरणका लागि प्रशासनबाट दिइने अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी गरिएको विज्ञप्ती अनुसार नागरिकता वितरण, प्रतिलिपि निर्माण, राहदानी सिफारिस, हात हतियार दर्ता, नवीकरण, नाबालक परिचय पत्र वितरण, संस्था दर्ता, नवीकरण र राष्ट्रिय परिचय पत्र निर्माण जस्ता सेवाहरू बैशाख २० गतेदेखि २६ गतेसम्मका लागि बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार