Monday, May 17, 2021

चितवनमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा सोमबार एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसीमा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजमा एकजनाको मृत्यु भएको हो । चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न अस्पतालमा गरेर ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना छन् ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार