Monday, May 17, 2021

ढिलो गरी १ लाख ३० हजार रेम्डेसिभिर आयातको अनुमति, कोरोनाका गम्भीर बिरामीलाई बरदान साबित हुने

काठमाडौं : औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । नेपालमा कोरोनाको संक्रमणदर हावाको वेगमा फैलिएपछि रेम्डेसिभिरको अत्यधिक माग रहे पनि कालो बजारी र औषधि व्यवस्था विभागले आयातको अनुमति नदिँदा गम्भीर कोरोनाका बिरामीले ज्यान गुमाईरहेका छन् । हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने उनले बताए ।

कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ । नेपालमा अहिले सीमित र पहुँचवालाहरुले मात्र रेम्डिसिभिरको डोज पाउने गरेका छन् । रेम्डेसिभिरका ६ डोज करिब २२ देखि ३० हजार हाराहारीमा किन्न सकिन्छ । यस्तै बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले बताए । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न अनुमति दिएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार