Monday, May 17, 2021

ओलीको विश्वासको मत फेल गराउने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ । ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ । कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा समेत आपत्ति जनाएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार