Sunday, June 13, 2021

नेपाल समूह विपक्षी गठबन्धन सहभागी भएपछि ओलीको सातो उड्यो

काठमाडौं । सत्तारुढ नेकपा एमाल विभाजनको संघारमा पुगेको बेला ओली समूह र नेपाल समूहका नेताहरुको बीचमा केही दिन यता निरन्तर वार्ता चलिरहेको छ । तर अहिलेसम्म सम्वादले कुनै ठोस परिणाम निस्किएको छैन । पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओलीको सातो उडेको थियो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन्, भने एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । त्यस्तै बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करिब १० बजेतिर शीतल निवासबाट निस्किएका थिए । केही घण्टासम्म चलेको त्यो भेट पनि एमालेमा देखिएको विवादमै केन्द्रीत थियो । तर कुनै सहमति हुन सकेन । एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार