Sunday, June 13, 2021

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा भएका केही आपराधिक घटनामा नाम जोडिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो । मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो । कोरोनाका कारण उनको शुक्रबार निधन भएको अस्पतालले जनाएको छ । राजनको मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यक्रमा राजनको समूह संलग्न रहेको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार