Sunday, June 13, 2021

मीरिता शेर्पाले गरे २५ औं पटक सगरमाथाको आरोहण

काठमाडौं । कामीरिता शेर्पाले २५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । सोलुखुम्बुका शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा पुगेका हुन् । यस वर्षको सिजनका लागि डोरी टाँग्ने टोलीका टोली नेता समेत रहेका कामीरिता सहित १२ जना शुक्रवार साँझ ६ बजे ८,८४८.८६ मिटर अग्लो सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । यस सिजनको पहिलो सगरमाथा आरोही दलमा फुरुतेञ्जी शेर्पा, लाक्पानोर्बु शेर्पा, ङीमातासी शेर्पा, मिङमातेञ्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेञ्जिङ शेर्पा,छेतेनदोर्जी शेर्पा,तेञ्जिङग्याल्जेन शेर्पा,फुर्बा छोतार शेर्पा,मिङ्मादोर्जी शेर्पा र फुर्बाकुसा शेर्पा रहेका छन् । उनीहरु सबै सेभेन समीट ट्रेक्स प्रालिको आरोहण दलबाट सगरमाथा शिखरमा पुगेका हुन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार