Monday, June 14, 2021

लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस

काठमाडौं : संवैधानिक परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा नियुक्तिको सिफारिस गरेको हो। सिफारिस गरिएकाको विस्तृत विवरण आउन नै बाँकी छ। परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन्।

प्रधानमन्त्री ओली,राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा बैठकमा सहभागी थिए। सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गर्दै आएको छ। परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त रहेकाले परिषदमा ५ जना मात्रै छन्।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार