Monday, June 14, 2021

गण्डकीमा नयाँ तिकडम, सांसदलाई अपहरणको आरोप लागेका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा । केही दिन अघि प्रदेश सांसदलाई अपहरण गरेको आरोप लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । तर आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले झै गरी पदबाटै राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङले दिनुभएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसकेकी छिन् । त्यसअघि आइतबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार