Sunday, June 13, 2021

नेपाल समूहले ओलीलाई दिएको समयसीमा समाप्त, एमाले आजै विभाजन हुन सक्ने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले दुईबुँदे माग पूरा गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समयसीमा समाप्त भएको छ । नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने माग राख्दै ओली समूहलाई ९ बजे सम्मको समय दिएको थियो । नेपाल समूहका नेता योगेश भट्टराईले दुईबुँदामा प्रधानमन्त्रीले प्रतिवद्धता जनाए आज हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए । तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । योसँगै एमालेको औपचारिक विभाजन हुने संकेत देखिएको छ ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार