Monday, June 14, 2021

कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे बूढानीलकण्ठमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकार गठनका विषयामा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समय दिएकी छन् । कांग्रेस पदाधिकारी बैठकपछि आज नै कांग्रेसले अन्य दलसँग पनि सरकार गठनका विषयमा छलफल गर्दैछ । कांग्रेसले आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठनको पहल सुरु गरेको छ । यसअघि बोलाइएको माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल, झलनाथ खनालसहितको बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाइएको हो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार