Sunday, June 13, 2021

देउवालाई झट्का, डा. बाबुराम भट्टराईको बोली फेरियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका बिषयमा बोली फेरेका छन् । ओलीलाई सत्ताबाट बर्हिगमन गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रसँग क्षणिक सहकार्य गरेका डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ । जबकी यो अघि उपेन्द्र यादव र डा. भट्टराईले कांग्रेस सभापति देउवालाई समर्थन गर्दै आएका थिए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार