Monday, June 14, 2021

एमाले वरिष्ठ नेता नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार